ताजा अपडेट »

स्थानीय तहमा सूचना प्रविधिको प्रयोग सम्बन्धि अनुशिक्षण

सोमबार, १९ माघ २०७७, १७ : ३०
4 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजना तथा क्यान महासंघ रुपन्देहीको सहकार्यमा स्थानीय तहमा सूचना प्रविधिको प्रयोग सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न आज उपमहानगरपालिको सभाहलमा सम्पन्न भएको छ ।

उपमहानगरपालिकाका कार्यपालिका सदस्य महाशाखा शाखा प्रमुखहरुका उपस्थितिमा नगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्य संचालित उक्त कार्यक्रममा बिज्ञ विप्लव मान सिहले डिजिटल हस्ताक्षरका बारे तथा विज्ञ विवेक शमशेर राणाले साइबर सुरक्षाका सन्दर्भमा अनुशिक्षण गरेका थिए । अर्को विज्ञ अनुप वास्कोटाले स्थानीय तहमा सुचना प्रविधिको प्रयोगको अवस्थाका बारे जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले आजको युग सुचना प्रविधिको युग भएको र प्रविधिको विकास र प्रगतिसँगै जोखिम पनि बढेकाले त्यसको सुरक्षाको उचित प्रवन्ध गर्नुपर्ने बताए । कार्यक्रममा क्यान महासंघका अध्यक्ष नबराज कुवँर केन्द्रीय सदस्य नारायण श्रेष्ठ क्यान रुपन्देहीका अध्यक्ष रामुदेव गौतम समेतको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।