ताजा अपडेट »

नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगेरीद्वारा निबन्ध लेखन प्रतियोगिता

आइतबार, १८ माघ २०७७, १३ : १६
10 Shares

बुटवल । नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगेरी (एन सी एस सी ) द्वारा सन्चालित नेपाली भाषाको पाठशालाले यहाँ बसोबास गर्ने नेपाली मुलका बालबालिकालाई नेपाली भाषा, संस्कृति, रिति रिवाज, चाड पर्व आदि संग सामिप्यता बढाउन र ज्ञानवर्धनका साथ साथै नेपालीपनको पुस्ता हस्तान्तरण गर्ने कार्यको अभियानमा उल्लेखनिय भूमिका खेल्दै आएको छ ।

यसै क्रममा नेपाली पाठशालाले ७० जना बालबालिकालाई अनलाइन कक्षा मार्फत आफ्नो नियमित क्रियाकलापलाई अगाडी बढाएको छ । संस्कृति प्रवर्द्धन र संरक्षणकै अभियानलाई निरन्तरता दिंदै पाठशाला कै आयोजनामा क्यानाडा भरिका बालबालिकालाई समेट्दै निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको छ । तीनवटा कक्षा समुह तथा विभिन्न विषयमा आयोजना गरिएको निबन्ध लेखन प्रतियोगिताको अन्तिम मिति यहि फेब्रुअरी १० तारिख रहको बोर्ड अफ डाइरेक्टर विष्णु बजगाईले बताए ।

अर्का बोर्ड अफ डाइरेक्टर करुणा सेढाईका अनुसार पुरस्कारको रकम प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार गरि क्रमशः क्यानेडियन डलर १५०, १००, ५० र २५ रहेको छ । पाठशालाले आयोजना गरेको यस निबन्ध लेखन प्रतियोगिताले बालबालिकामा रहेको नेपाल प्रतिको माया र चासोलाई थप ऊँचाईमा पुर्याउनेछ भन्ने कुरामा विश्वस्त हुँदै यो प्रतियोगिता पहिलो पटक गर्न लागिएको जानकारी पाठशाला का सचिव शर्मिला रानाभाटले जानकारी दिए ।

एन सी एस सी का मिडिया को अर्डिनेटर सूर्य अधिकारीका अनुसार पाठशालाले आफ्ना क्रियाकलाप नियमित रुपमा र प्रभावकारी ढङ्गले सन्चालन गर्दै आएकोमा सराहना गर्दै सम्पूर्ण पाठशाला टिम धन्यवादको पात्र रहेको बताए । अधिकारीका अनुसार पाठशाला टिमले एन सी एस सी को सहयोग मा पाठशालामा अध्ययनरत विद्यार्थीहरुको घर घरमा पुगेर स्यानिटाइजर र मास्क वितरण गर्नाले पनि नेपाली समुदायमा एन सी एस सी र नेपाली पाठशालाको अपनत्वको भावनामा धेरै वृद्धि भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।