८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

काठमाण्डौं । पर्यटक व्यवसायीले विदेशी पर्यटक नेपाल भित्र्याउनका लागि सरकारले पहलकदमी लिनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध पर्यटन सङ्गठनका संयोजक नवराज पाण्डे, नेपाली कांग्रेस सम्बद्ध नेपाल पर्यटन व्यवसायी सङ्घका सहअध्यक्ष रामशरण थपलिया र जनता समाजवादी पार्टी सम्बद्ध पर्यटन व्यवसायी सङ्गठनका अध्यक्ष सुरेश अमगाइले संयुक्त विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पर्यटन सङ्गठनहरुले नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकलाई लगाउँदै आएको एक हप्ते क्वारेन्टिन हटाउन माग गरेका छन् । यस्तै पर्यटक के कामका लागि नेपाल आएको हुन् सोही संस्थाको सिफारिसमा ‘अराइभल’ राहदानी उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताएका छन् । कोभिड–१९ का कारण चार लाख प्रत्यक्ष तथा ११ लाख अप्रत्यक्ष रुपमा पर्यटन व्यवसायी तथा मजूुरको जागीर धरापमा परेको भन्दै पर्यटन मजदूरलाई तत्काल राहत प्याकेज ल्याउन माग गरेका छन् ।

नेपाल भ्रमणका लागि आएका पर्यटकलाई सीमा नाका वा विमानस्थलमा स्वाब सङ्कलन गरी यथाशक्य पिसिआर रिपोर्ट दिने व्यवस्था गर्नुपर्ने, स्थानीय तहले लगाएको घुमफिर प्रतिबन्ध खुला गर्नुपर्ने, व्यवसाय सञ्चालनका लागि पाँच प्रतिशत दरमा कर्जा दिनुपर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर