१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

बैशाख १८,
काठमाण्डौ । बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको ‘फानी’ नामक आँधीको प्रभाव नेपालको हिमाली क्षेत्रमा पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

बंगालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात ‘फानी’  विस्तारै उत्तर –पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलै प्रभाव नपरे पनि हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना भएकाले सावधान अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् । शुक्रबार यो प्रणाली ओडीसा आसपास तिर मोडिने मौसमविद् विभुती पोख्रेलले बताउनुभयो । यसको प्रभावले नेपालको पूर्वी भूभागमा हावाहुरीसहित हल्कादेखि मध्यम किसिमको वर्षा हुने मौसमविद् पोखरेलले जानकारी दिनुभयो । फानी नामक आँधीको प्रभाव नेपालमा पर्ने या नपर्ने बारेमा केही दिन यता मौसमविद्ले अध्ययन गर्दै आएका छन् । अहिलेसम्म यो चक्रवात नेपालमा प्रवेश गर्ने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतमा भने ‘फानी’ले विनाश निम्ताउन सक्ने भन्दै उत्तरी तमिलनाडु, पुडुचेरी, आन्ध्र प्रदेशको तटीय क्षेत्रलगायतका ठाउँमा पर्सीसम्म सतर्क रहन सूचित गरिएको छ । १ सय ५५ देखि १ सय ७५ किलोमिटर प्रतिघण्टाको वेगमा आँधी आउने, भारी वर्षा हुने र समुद्री लहर उठ्ने भारतीय मौसमविदले चेतावनी दिएका छन् । यसअघि २७ चैतमा आएको ‘टोर्नाडो’ आँधीका कारण नेपालका बारा र पर्सामा २८ जनाको ज्यान गएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

ब्राउन सुगरसहित युवक र युवती पक्राउ लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेघावटा बिजुली व्यवसायिक रुपमा उत्कृष्ट कृषि पशुपालन गरेका ४३ किसान पुरस्कृत विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ