ताजा अपडेट »

काठमाडौं उपत्यकालाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो ?

बुधबार, २२ पुस २०७७, ०७ : ३४
6 Shares

काठमाडौं । मौसममा आएको परिवर्तनसँगै मुलुकभर प्रदूषणको मात्रा बढेको पाइएको छ । मंगलबार उपत्यका र नेपालगन्जको वायु मानव स्वास्थ्यमा गम्भीर असर पु-याउनेसम्मको स्तरमा पुगेको हो ।

मंगलबार राति ९ बजे वायु गुणस्तर मापन केन्द्रले दिएको तथ्यांकअनुसार भैंसेपाटीमा अत्यधिक अस्वस्थ वायु रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले सञ्चालन गरेको वायुको गुणस्तर अनुगमन संयन्त्रले अत्यधिक जोखिमयुक्त वायु रहेको भैंसेपाटीको पार्टीकुलर म्याटर(पीएम) २.५ को मात्रा २१९ दशमलव ३८ माइक्रोग्राम प्रतिघनमिटर रहेको थियो ।

यस्तै त्यसभन्दा कम वायु रहेको सहरका रूपमा नेपालगन्ज रहेको वातावरण विभागले जनाएको छ । विभागले दिएको तथ्यांकअनुसार नेपालगन्जमा पीएम २.५को मात्रा १८९ दशमलव ६ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ ।

विभागले दिएको तथ्यांकअनुसार ‘रेड जोन’मा रहेका सहरहरूमा विराटनगर, जनकपुर, काठमाडौंको शंखपार्क, हेटांैडा, कञ्चनपुरको महेन्द्रनगर र चितवनको सौराहा छन् । मंगलबार रातिको पीएम २.५ को मात्राअनुसार विराटनगरमा १५५ दशमलव १९ माइक्रोग्राम प्रतिघनमिटर, जनकपुरको १४८ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर, काठमाडौंको शंखपार्कको १२८ दशमलव ६९ माइक्रोग्राम प्रतिघनमिटर, हेटौंडाको ११५ दशमलव १९ माइक्रोग्राम प्रतिघनमिटर, कञ्चनपुर, महेन्द्रनगरको ८६ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर र चितवन, सौराहको ८१ माइक्रोग्राम प्रतिघनमिटर गुणस्तर मापन गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।