ताजा अपडेट »

प्रविधिमैत्री शिक्षकको प्रादेशिक भेला हुँदै

शनिबार, १४ बैशाख २०७६, २३ : ३२
8 Shares

वैशाख १४,

ग्लोबल आवाज
बुटवल । प्रविधिमैत्री शिक्षक समाज नेपालको ५ नम्बर प्रादेशिक भेला बैशाख २८ गते बुटवलमा हुने भएको छ ।शिक्षणमा प्रविधिको प्रयोग गर्ने शिक्षकहरुको बैशाख १४ गते बुटवलमा सम्पन्न अन्तरक्रिया कार्यक्रम तथा भेलाले बुटवलस्थित कालिका मानवज्ञान माविमा बैशाख २८ गत प्रदेश स्तरीय भेला गर्ने निर्णय गर्दै सो भेलालाई सफल पार्नको लागि परशुराम ढकालको संयोजकत्वमा भेला ब्यवस्थापन समिति गठन गरेको छ ।


अन्तरक्रिया कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भूपति वश्याल,कोषाध्यक्ष नारायण प्रसाद न्यौपाने ,केन्द्रीय सदस्य शोभा कडरिया कोइराला लगायतले समाजको उद्धेश्य र कार्यक्रमहरुको बारेमा जानकारी दिदै शिक्षणमा प्रविधिको प्रयोग अपरिहार्य भएकोले सपूर्ण शिक्षकहरु प्रविधिको प्रयोगको लागि हातेमालो गर्न, आपसी सिपको आदान प्रदान गर्ने र शिक्षाको गुणस्तरमा वृद्धि गर्नको लागि प्रविधि मैत्री शिक्षक भेलामा सहभागी हुन् सम्पूर्ण शिक्षकलाई आव्हान गरेका थिए ।


समाजकी केन्द्रीय सदस्य अम्बिका कंडेलको अध्यक्षतामा बुटवलको त्रिभुवन युनाइटेड एकेडेमी दिपनगरमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन यसै बिद्यालयका सहायक प्रधानाध्यापक राम चन्द्र बस्यालले गर्नुभएको थियो । कार्यक्रममा ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरुको उपस्थिति थियो ।



ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।