१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

भक्तपुर । नेत्र सहायक पुजन राई ४४ दिनदेखि बेपत्ता भएका छन् । तिलगङ्गा आँखा अस्पतालका तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकमा कार्यरत २५ वर्षीय राई ४४ दिनदेखि बेपत्ता भएका हुन् ।

Advertisement

आफन्तसहित रासस कार्यालय भक्तपुरमा आज आएका बेपत्ता राईका पिता भोजपुर हतुवागढीका लालकुमारले बेपत्ता छोराको खोजी गरिदिन प्रहरी, मानव अधिकारकर्मी, पत्रकार तथा आफन्तजनलाई अनुरोध गरेका छन् । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा गत माघदेखि नेत्र सहायकका रुपमा कार्यरत राई गत कात्तिक २७ गते प्राथमिक स्वास्थ्य केन्द्रबाट साथी भेट्न भन्दै भोटेकोशी गाउँपालिका चाकु गएपछि नफर्केको उनले जानकारी दिए । २०७६ माघदेखि त्यहाँका बासिन्दालाई आँखाको उपचारमा सेवा पुर्याउने उद्देश्यले अस्पतालले पठाएपछि स्वास्थ्य केन्द्रमा कार्यरत राई केन्द्रसँगैको घरमा भाडामा बस्दै आएका थिए ।

बेपत्ता राईका परिवारका अनुसार कात्तिक २७ गते प्राथमिक स्वास्थ्य केन्द्रका फार्मेसीमा कार्यरत सृष्टि श्रेष्ठसँग आफ्नै को।२१प। ५७९९ नंको मोटरसाइकलमा बाह्रबिसेको पुल नजीकैसम्म गएको र त्यहाँबाट एक्लै भोटेकोशी गाउँपालिकास्थित चाँकुमा साथी राकेश श्रेष्ठलाई भेट्न गएकामा त्यसै दिनदेखि बेपत्ता भएका हुन् । आफन्तले बाह्रबिसेदेखि चाकुसम्म पुगेर खोजतलास गर्दा राकेशलगायत चारजनासँगै बसेर खानपान गरेपछि राकेश र राईले हिन्दी गएर चाकु फर्केपछि बाह्रबिसे कोठातर्फ फर्किएको भनिए पनि कोठामा नआइपुगेको पिता लालकुमारले जानकारी दिए । उनका अनुसार सोही दिन राति ८ः३० बजेसम्म काठमाडौँ बस्ने दिदीले दुईवटै नं मा फोन गर्दा घण्टी गएको तर नउठाएको र मङ्सिर २८ गते पनि फोन जाने तर नउठाउने र पछि स्विच अफ भएको मोबाइल अहिलेसम्म खुलेको छैन ।

लालकुमारले भने, “छोरासँग सम्पर्क नभएपछि तत्कालै बाह्रबिसे पुगेर कतै दुर्घटना पो भयो कि भनेर बाह्रबिसेदेखि भोटेकोशी, चाकु सबैतिर खोजी गरिसक्यौँ, सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि मान्छे, मोटरसाइकल केही भेटिएन, शङ्कास्पद व्यक्तिमाथि किटानी जाहेरी दिँदा प्रहरीले जाहेरी लिएन ।” तिलगङ्गा आँखा अस्पतालमा कार्यरत उनका आफन्त कैलाश राईले बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रदेखि भोटेकोशीसम्म खोज्दा पनि नभेटिएको बताउँदै बाह्रबिसे नगरपालिका, यहाँको स्वास्थ्य केन्द्र, प्रहरी सबैतिर खोजी गरिदिन आग्रह गरेपनि अझै पत्ता नलागेको बताए ।

यस बारेमा बाह्रबिसे प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाहसँग सम्पर्क गर्दा उनले सम्भावित एवं शङ्कास्पद सबै ठाउँमा खोजी गर्दा पनि बेपत्ता राईको पत्तो नलागेको बताए । उनले जनप्रतिनिधिसहितको सहयोगमा भोटेकोशीको खोला किनारादेखि सम्भावित अन्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको, मोबाइलको अन्तिम लोकेशन जिरो किलोसम्म देखिएकाले काभ्रेको प्रहरीलाई समेत खबर गरी खोजी भइरहेको जानकारी दिए । शङ्कास्पद व्यक्तिहरु, बेपत्ता राईसँग नजीक रहेका भनिएका सृष्टिदेखि राकेश श्रेष्ठलगायत अन्यसँग सोधपुछ र निगरानी गरिरहेको जानकारी दिँदै खोजी कार्य जारी रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य