ताजा अपडेट »

महाभूकम्पका ४ वर्ष ,विनाशले पाठ सिकायाे: प्रधानमन्त्री

विहीबार, १२ बैशाख २०७६, ११ : २७
7 Shares

वैशाख १२,

काठमाण्डौं । वि.सं.२०७२ सालमा नेपालमा गएको महाभूकम्पको भोली ४ वर्ष वर्ष पूरा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी रहेको पुनर्निर्माणलाई अबको एक वर्षभित्रमा सम्पन्न गर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा सम्पन्न गर्ने दावी गरेका छन् ।

उनले चार वर्षअघिको विनाशकारी भूकम्पले भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको उल्लेख गरेका छन् ।प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्, ‘चार वर्षअघिको विनाशकारी भूकम्पले हामीलाई सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको छ । सयौं वर्ष अघिदेखिका संरचना एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षौँ लाग्छ । हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौँ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।