ताजा अपडेट »

दुई करोडभन्दा बढीको एउटै पासवर्ड

मंगलबार, १० बैशाख २०७६, ११ : ३४
2 Shares

वैशाख १०,

धेरैजसो मानिसहरु सजिलो पासवर्डको प्रयोग गर्छन् । तर, यस किसिमको सजिलो पासवर्डले साइबर आक्रमणको शिकार हुने सम्भावना बढी हुन्छ । पछिल्लो समय एक अनुसन्धानको दाबीअनुसार विश्वभरका २ करोडभन्दा बढी मानिसको एउटै पासवर्ड प्रयोग गर्छन् । त्यो हो –१२३४५६ ।

धेरै सचेत बनाउने प्रायासका बीच मानिसहरु सजिलो पासवर्ड राखेर साइबर आक्रमणको शिकार हुने गरेका हुन् । बेलायती साइबर सुरक्षा संस्था एनसीएससीले गरेको अध्ययनमा २ करोड ३० लाख मानिसले पासवर्डमा १२३४५६ को प्रयोग गर्ने गरेको पाइएको हो ।

एनसीएससीका प्राविधिक निर्देशक इयान लेवीले निकै सजिलो पासवर्ड राख्नु भनेको आफैं असुरक्षित गराउनु रहेको बताए । मानिसहरुले १२३४५६ पछि सबैभन्दा धेरै १२३४५६७८९ पासवर्डको प्रयोग गर्ने गरेको पाइएको थियो । साथै १११११११ पासवर्डको प्रयोग पनि उल्लेख्य मात्रामा भएको पाइएको थियो । यी पासवर्डहरु निकै सजिलै ह्याक हुनसक्छन् ।

त्यसैगरी मानिसहरुले स्थानीय फुटबल क्लबको नाम पनि आफ्नो पासवर्डमा राख्ने गरेका छन् । यसमा लीभरपुल सबैभन्दा अगाडि छ । दोस्रो स्थानमा चेल्सीको नाम छ । साइबर सतर्कताको विषयमा गरिएको अध्ययनमा ४२ प्रतिशत मानिसलाई आफ्नो पैसा चोरी हुने डर थियो भने १५ प्रतिशत मानिसलाई आफ्नो सुरक्षाको अवस्था सही छ भन्ने लागेको पाइएको थियो । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।