ताजा अपडेट »

प्रथम प्रचण्ड थैव कप फुटवल : जनज्योती युवा क्लब विजयी

आइतबार, २१ मंसिर २०७७, १७ : ५८
2 Shares

बुटवल । बुटवलको सिद्देश्वर मैदानमा जारी प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा रुपन्देहीको जनज्योती युवा क्लबले जीत दर्ता गरेको छ । सौभाग्य युवा क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा जनज्योतीले नवलपरासीको भैरव एफसीलाई ३-२ गोल अन्तरले पछि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

निर्धारीत समयमा दुबै समुहबाट गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो ।
रुपन्देही, पाल्पा तथा नवलपरासीका २० टिमको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद ५५ हजार पुरस्कार राशीसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत रुपमा ५ जना खेलाडीहरुलाई पुरस्कृत गरिने खेल संयोजक चक्रबहादुर खड्काले बताए । प्रतियोगिताको प्रथम पुरस्कार राशी थैव परिवार र दोस्रो पुरस्कार शिवनगर सामुदायिक वनबाट सहयोग भएको प्रचार संयोजक कृष्ण कुमालले बताए ।

भोलि सोमबार दुई वटा खेल खुने भएका छन् । भोलि विहान साढे ७ बजे हुने पहिलो खेलमा भैरहवा-११ र सम्पूर्ण एफसी बीच प्रतिस्पर्धा हुने भएको छ भने दोस्रो खेल दिउसो ३ बजे सराई पाल्पा र सयपत्री युवाक्लब बीच हुने छ ।

https://www.globalaawaj.com/archives/67404
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।