७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

बुटवल । सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले वर्तमान सरकार भ्रष्ट्राचारमा डुबेको अरोप आरोप लगाएका छन् । सत्ताको शक्ति प्रयोग गरी हरेक क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएर भ्रष्टाचारका क्रियाकलापहरु जारी राखिएको उनले बताए ।

रिपोर्टस क्लबले आज शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कार उनले सरकार भ्रष्टाचारमा डुब्दैजाँदा भाग वण्डाकै विषयले सत्तारुढ दल नेकपा भित्र झगडा उत्पन्न भएको दाबी गरे । ‘भ्रष्टाचारमा भागबण्डा नमिल्दा नेकपा भित्र झगडा भएको हो ।’-सभापति शाहाले भने, देश बर्बाद हुने स्थितीमा पुगेको छ । कोरोना नियन्त्रणका लागि स्वास्थ्य समाग्री खरिद होस वा ह्वाइटबडी खरिद लगायतका अन्य गरित सम्बन्धि काममा समेत व्यापक भ्रष्टार भएको उनले आरोप लगाए ।

सरकारले भ्रष्टाचार गर्ने र आपसमा झगडा गरेर देशलाई संकटमा पार्न खोजेको उनले टिप्पणी गरे । नेकपा भित्रको झगडा शैद्धान्तीक, राजनीतिकि वा विकास निर्माणको नभएर भ्रष्टाचारमा एकल्यौटी हुँदा उत्पन्न भएको आरोप लगाए । सार्वजनिक लेखा समितिमा परेका उजुरीका आधारमा आफूहरुले छानविन गरेपनि कारबाही हुन नसकेको जानकारी उनले बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतासमेत रहेका शाहले सरकारले शक्तिको प्रयोग गरेरै भ्रष्टाचारीहरुलाई बचाउने गरेको आरोप लगाए । दुई तिहाईको शक्तिलाई सरकारले भ्रष्टाचारमा केन्द्रित गरेको उनले उल्लेख गरे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने