१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023


प्रोफेसर सारह गिल्बर्टले आफ्नो मनलाई सुनेको भए, अहिले विश्व महामारी बनेको कोरोनाभाइरसविरुद्ध सबैभन्दा प्रभावकारी देखिएको भ्याक्सिनबारे यति छिटै सुखद समाचारहरु सुन्न सकिने सम्भावना कम हुन्थ्यो । अथवा अक्सफोर्ड विश्वविद्यालयमा बनाइएको भनिएको भ्याक्सिन यति छिटो नबन्न सक्थ्यो । यसले अर्कै मोड लिन सक्थ्यो, जसरी सारहले आफ्नो मनलाई सुनेको भए उनको जीवनले अर्कै मोड लिन्थ्यो । 

Advertisement

वर्षौअघि पिएचडीका लागि अध्ययन गर्दा उनले विज्ञानमा के लिने भन्ने विषयमा सोचेकी थिइन् । अनि हल विश्वविद्यालयमा आइपुग्दा उनले जे गरिन्, त्यसको परिणाम अहिले विश्वले पाउन थाल्दै छ ।‘त्यति बेला मैले विज्ञानको अध्ययनलाई छोड्ने मन गरेँ र अरु नै केही गरौँ कि भन्ने सोचेकी थिएँ, यो निकै गहिरो विषय हो भन्ने लागेको थियो,’ उनले बिबिसीसँग भनेकी थिइन्, ‘तर, फेरि पछि होइन, म वैज्ञानिकको करिअर रोज्छु भन्नेमा लागेँ, मलाई केही आम्दानी गर्नु थियो ।’

यो त्यही निर्णय थियो जसका कारण केही दिनअघि विश्वभर सबैभन्दा बढी प्राथमिकता पाएको कोरोनाभाइरस भ्याक्सिनबारे समाचार बन्यो । अक्सफोर्डको यो भ्याक्सिनले अहिले ७० प्रतिशत मानिसलाई त कोरोना हुनबाटै बचाउने देखाइसकेको छ । यसमाथि अझ बृहत् अध्ययन हुँदा यो ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको मानिएको छ ।

सन् १९६२ को अप्रिलमा जन्मिएकी सारह खासमा जुत्ता व्यापारी बाबु र शिक्षिका आमाकी छोरी हुन् । सन् १९९० को दशकको बीचमा आइपुग्दा चाहिँ उनले अक्सफोर्ड विश्वविद्यालयमा मलेरियामाथि अनुसन्धान गर्न थालेकी थिइन् । अनि त्यसले गर्दा नै मलेरियाविरुद्धको भ्याक्सिन बनेको थियो ।मलेरियाको भ्याक्सिन बन्नुको श्रेय पनि सारहलाई नै जान्छ ।  सन् २०१४ मा सारहले नै इबोला महामारीविरुद्धको भ्याक्सिन पनि बनाएकी थिइन् । 

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई