January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

नेपालमा थप १ हजार ७०३ जनामा कोरोना, २३ जनाको मृत्यु

411

बुटवल । नेपालमा थप १ हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालमा परीक्षण गर्दा १ हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार २३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ९ हजार ४३५ जना स‌ंक्रमणमुक्त भएका छन् । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ।आज कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ ।

पछिल्लो अपडेट