१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

गुल्मी । गुल्मीको इस्मामा बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन । इस्मा गाउँपालिका वडा नम्बर ४ साबिक दोहली गाबिसको हुला गाउँबाट तम्घासतर्फ आउदै गरेको लु १ ज ११६६ जीप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको स्थानीयले बताए । नेपाल कम्युनिस्ट पार्टी नेकपा त्यस वडा कमिटी अध्यक्ष बिष्णु सुनारसङ्ग बुझ्दा ५ जनाको मृत्यु भएको र २ जना घाइते भएको थप कुरा बुझ्न बाकी रहेको बताए ।

यस सम्बन्धमा जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठ सङ्ग बुझ्दा ५ जनाको मृत्यु भएको तर नाम बिवरण आउन बाकी रहेको बताए । तर ,घटना स्थलमा रहेका स्थानीय समाजसेवि माधव पौडेलका अनुसार जिप दुर्घटनामा नेपाली सेनाका दुई सैनिक जवानको ज्यान गएको छ । घर बिदा आएका त्यस गाउँका अन्दाजी ३५ बर्षिय धन बहादुर दर्लामी र सोही गाउँका अर्का सैनिक जवान उस्तै उमेरका शिवबहादुर दर्लामीको मृत्यु भएको छ ।

दर्लामीकि श्रीमति शरस्वती दर्लामी घाइते छ्न । सैनिक जवानहरु पल्टनमा हाजिर हुन जाँदै गरेको स्थानीयको भनाइ छ । मृतक दर्लामी र उनका भाइ वसन्त दर्लामीको पनि मृत्यु भएको पौडेलले बतए । मृतक ५ जना मध्ये हुला गाउँ कै अन्दाजी ६०बर्षिय डम्बर बहादुर हितान र ८० बर्ष नेटो काटेको बताइएकी सुन्दरी नाम गरेकी तर थर खुल्न नसकेकी एक वृद्धा रहेको बताइन्छ । प्रहरिले भने एकिन विवरण तयार पार्दैछ । जिप चालक बुद्ध बहादुर बस्नेत शकुशल छ्न । उनलाई इस्मा प्रहरी चौकी बाट पुगेको प्रहरीलेनियन्त्रणमा लिएको छ । सहचालक कमल हितानको हात भाचिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग