Mar 31, 2023
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा २ संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीय महिला र अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ का ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
असोज १४ गते कोरोना पोजेटिभ भई २८ गते कोरोना विशेष अस्पतालमा भर्ना भएकी ८५ वर्षीय महिलाको बिहिबार बिहान मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । उनमा ज्वरो, निमोनिया, मधुमेह । स्वासप्रश्वासमा समस्या रहेको थियो । यस्तै मंसिर ४ गते कोरोनाको रिपोर्ट पोजेटिभ आई सोही दिन कोरोना अस्पतालमा भर्ना भएका अर्घाखाँचीका पुरुषको पनि बिहिबार बिहान नै मृत्यु भएको छ । ती पुरुषमा ज्वरो, मुटु रोग, निमोनिउा र स्वासप्रश्वासमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ
प्रतिकृया दिनुहोस्