१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

पोखरा । कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल पुग्न नयाँ पदमार्ग बनाउन थालिएको छ । गण्डकी प्रदेश सरकारको रु १० लाख र जनसहभागिताबाट रु एक लाख गरी ११ लाखमा उक्त बाटो निर्माण शुरु गरिएको हो ।

Advertisement

बाटो निर्माण समितिका अध्यक्ष विश्वराज अधिकारीका अनुसार पदमार्ग निर्माणअन्तर्गत मेलबोटदेखि अस्तामसम्म बाटोको झाँडी फाँड्ने, कूल २३० मिटर बाटोमा सिँढी हाल्ने र ५० मिटर रेलिङ निर्माण गरिनेछ । मेलबोटदेखि अस्तामसम्म करिब पाँच किलोमिटर बाटोको निर्माण हुनेछ । मङ्सिरको पहिलो हप्ताबाट शुरु गरिएको उक्त बाटो निर्माणका लागि दैनिक २० देखि २५ मजदूर खटिएका छन् ।

पछिल्लो समय पर्यटकीय पदमार्ग मोटरेबल बाटोले विस्थापित हुँदै गइरहेको अवस्थामा नयाँ बन्दै गरेको पदमार्गले पदयात्रामा रमाउने पर्यटक लाभान्वित हुने उनको विश्वास छ । “लालीगुराँसको जङ्गल, रुद्रमहादेव, पञ्चेबाजा पार्क, सुनझाँक्रीको थान, अस्ताम देउराली माइको मन्दिरलगायत धार्मिक तथा पर्यटकीय र जैविक विविधतासहित पर्यावरणका हिसाबले पनि यो क्षेत्र उपयुक्त रहेकाले पदमार्गबाट पर्यटक लाभान्वित हुनेछन्”, अधिकारीले भने ।

उनका अनुसार यस क्षेत्रमा पोखराबाट करिब दुई किलोमिटरको दूरीमा सुन्दर लालीगुराँस देख्न सकिन्छ । यो पाँच दिनदेखि सात दिनसम्मको पदमार्ग हो । मर्दी हिमाल र माछापुच्छ्रे नमूना ट्रेकलाई जोड्नका साथै संसारको सबैभन्दा उच्च स्थानमा साइकल लान सक्ने वातावरणका लागि यस पदमार्गले सहयोग पुग्ने उहाँको भनाइ छ । अधिकारीले प्रदेश सरकारको रु १० लाख बजेटबाट काम शुरु गरिएको र यसका लागि सङ्घीय सरकारले समेत बजेट छुट्टाएको जानकारी दिए । “अहिले सीमित बजेटमा जनसहभागितामार्फत बाटो निर्माणमा जुटेका छौँ, सङ्घीय सरकारको बजेट आएपछि यसमार्गले पूर्णता पाउनेछ ।” उनले भने ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले उक्त पदमार्गलाई टान मोडल टे«कसँग जोड्न संस्थागत अभ्यास गरिसकेको बताए । यस पदमार्गले ‘भिलेज टु भिलेज कनेक्टिभिटि’ हुने र छोटो दूरीका हाइकिङ र लामो दूरीको ट्रेकिङ दुवैको लागि उत्तिकै सहज हुने उनको भनाइ छ ।

उक्त पदमार्ग हेम्जाको मेलबोट सुनझाँक्री, अस्तामदेखि धम्पुस हुँदै मर्दी हिमाल पुग्नेछ । कोभिड–१९ को महामारीबीच पनि आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको मर्दी हिमालमा नयाँ पदमार्ग निर्माणले आगामी दिनमा पर्यटकको बसाई लम्बाउने र यस क्षेत्रका पर्यटकीय गतिविधिलाई बढाउने विश्वास माछापुच्छ्रे गाउँपालिका–६ का वडाध्यक्ष हरिश्चन्द्र ढुङ्गानाले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग