ताजा अपडेट »

कोरोनाबाट सशस्त्रका इन्सपेक्टरको मृत्यु

मंगलबार, ०९ मंसिर २०७७, ११ : ५१
2 Shares

विराटनगर । कोरोनाबाट सशस्त्र प्रहरी बलका निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ । सशस्त्र प्रहरी बल १ नम्बर गण विराटनगरमा कार्यरत नवीन बुढाथोकीको सोमबार राति मृत्यु भएको हो ।

बुढाथोकीका सहकर्मी ईश्वर कोइरालाकाअनुसार बुढाथोकीलाई १४ दिन पहिले कोरोना संक्रमण देखिएको थियो । त्यसपछि विराटनगरको विराट नर्सिङ होममा उपचाररत गरिएको थियो । उपचारकै क्रममा सोमबार राति करिब सबा ११ बजे बुढाथोकीको मृत्यु भएको हो ।

तेह्रथुमका बुढाथोकी ३४ वर्षका थिए । उनी आफ्ना सहकर्मीहरु विच सबैभन्दा तन्दुरुस्त मानिन्थे र उनमा यसअघि अन्य कुनै स्वास्थ्य समस्या देखिएको थिएन । त्यस्ता स्वस्थ्य व्यक्तिलाई कोरोना महामारीको संक्रमण भएर मृत्यु भएपछि सहकर्मीहरु आतंकित हुन पुगेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।