Mar 30, 2023
बुटवल । बुटवलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलको बसपार्क नजिक लु २ ख १९०५ नम्बरको टिपरले लु ११ प ४२१६ नम्बरको मोटरसाइकलाई ठक्करलाई दिएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलका चालक पाल्पाको निस्दी गाउँपालिका–३ का ३३ वर्षीय मान बहादुर सोतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी प्रतितसिहं राठौरले ग्लोबल आवाजलाई जानकारी दिए ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको राजमार्ग चोराहाबाट बसपार्क तर्फ आउँदै गरेको टिपरले सोही दिशाको मोटरसाइकलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते भएको सोतीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको डिएसपी राठौरले बताए ।
प्रतिकृया दिनुहोस्