१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडौं । ‘लैङ्गिक हिंसाका मुद्दामा मौनताको संस्कृतिलाई तोडौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्ध देशका १० स्थानमा असल अभ्यास कार्यक्रम शुरु भएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र हामी सबैको ऐक्यबद्धता’ नाराका साथ नोभेम्बरभर मन्त्रालयको नेतृत्वमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ ।

गत चैतमा नेपालमा कोरोना महामारी शुरु भएपछि ७० प्रतिशत महिलाले रोजगारी गुमाएको आयोगले जनाएको छ । पछिल्लो समय साना बालिकासमेत बलात्कारमा पर्ने गरेका उजूरी आयोगमा बढ्न थालेका छन् । महिला, कानून र विकास मञ्चलगायत सामाजिक संस्थाले आजदेखि भर्चुअल माध्यमबाट शुरु गरेको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमण बढेपछिको अवस्थामा महिलामाथि हुने हिंसाका घटना पनि बढ्न थालेको बताउँदै प्रदेश र स्थानीय सरकारलगायत सामाजिक संस्थालाई समेत सो अभियानको कार्यक्रममा सहभागिता जनाएर सफल बनाउन आह्वान गरे । दक्षिण एशिया क्षेत्रमै पछिल्लो समय लैङ्गिक हिंसा बढिरहेको उनले जानकारी दिए ।

राष्ट्रिय महिला आयोगका सचिव शान्ता अधिकारीले ९३ प्रतिशत लैङ्गिक हिंसाका घटना घरभित्र र परिवार नजीकका मानिसबाट हुने गरेको उजूरी आएको जनाउँदै महिलाको शिक्षा र आर्थिक स्रोतमा पहुँच नपुग्दा हिंसाका घटना बढ्ने गरेको बताइन् । मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले हिंसाविरुद्ध मौनताको संस्कृति तोड्न असल अभ्यास कार्यक्रम शुरु गरिएको जानकारी दिए । ‘भिएसओ’ नामक संस्थाको सहज कार्यक्रमका शिखा श्रेष्ठले बढी लैङ्गिक हिंसा परिवारमै हुने गरेकाले मौनताको संस्कृतिलाई तोड्नुपर्नेमा जोड दिइन्।

राजधानीमा आज पहिलोपटक गरिएको कार्यक्रम अन्य स्थानमा पनि गरिने जनाइएको छ । कार्यक्रममा नेपालस्थित बेलायती राजदूतावासका विकास निर्देशक लिसा होनान, तराई क्षेत्रमा लैङ्गिक हिंसाविरुद्धको अभियानमा मनोसामाजिक परामर्शदाताका रुपमा काम गरिरहेका रेणु कर्ण, सिरहा जिल्लामा स्थानीय स्वयंसेवकका रुपमा कार्यरत सहजकर्ता रिकुकुमार मण्डललगायतले बलात्कारका घटनाका दोषी नसमातिने गरेको र दोषीलाई कानूनी कारवाही नगर्दा दण्डहीनता बढेकाले यसतर्फ सरोकार निकायले ध्यान दिनुपर्ने सुझाव दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग