ताजा अपडेट »

घट्यो सुनको मूल्य, आज तोलाको कति ?

शुक्रबार, ०५ मंसिर २०७७, ११ : २१
8 Shares

बुटवल । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँँमा कारोबार भैरहेको छ ।

तेजावी सुन तोलाको ९३ हजार ५ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

रासस
लेखकको बारेमा
रासस