ताजा अपडेट »

रुसी राष्ट्रपति पुटिन बने शक्तिशाली, जीवनभर उनी र परिवारविरुद्ध मुद्दा चलाउन नपाइने

बुधबार, ०३ मंसिर २०७७, १४ : ३४
6 Shares

रुसको संसदको तल्लो सदन डुमाले एक विधेयकलाई समर्थन दिएको छ । जसअनुसार रुसका राष्ट्रपति भ्लादमिर पुटिन तथा उनको परिवारमाथि उनी राष्ट्रपति नरहेको अवस्थामा पनि कुनै पनि प्रकारको आपराधिक मुद्दा चलाउन पाइने छैन । यो विधेयक संवैधानिक संशोधनको हिस्सा हुनेछ । जसका लागि गत जुलाइमा गरिएको जनमत संग्रहमा सहमति दिइएको थियो । पुटिनका समर्थकहरु रुसको दुबै सदनमा बहुमतमा छन् ।

राष्ट्रपतिका रुपमा पुटिनको कार्यकाल सन् २०२४ मा पूरा हुनेछ । तर संशोधन भए अनुसार उनी त्यसपछि पनि १२ वर्षसम्म राष्ट्रपतिका रुपमा पदमा रहनेछन् । यो विधेयक आएसँगै पुटिनको राजनीतिक भविष्यलाई लिएर फेरि चर्चा शुरु भएको छ । सन् २००० देखि पुटिन रुसको सत्ताको शीर्ष स्थानमा छन् । यस दौरानमा उनले शक्तिको भरपुर उपयोग गरेका छन् ।

पुटिनका आलोचक एलेक्सी नवेलनीले यो विधेयक आएपछि ट्विट गर्दै लेखेका छन्, ‘पुटिनलाई अहिले नै बचाउ विधेयकको किन जरुरी भयो ?’ त्यसपछि नवेलनीले अर्को प्रश्न गरेका छन्, के तानाशाह जब मन लाग्छ त्यो बेलामा पद छाड्न सक्छन् ? डूमामा यो विधेयक तीन पटक पेश गरिनेछ । मंगलबार पहिलो पटक पारित भइसकेको छ । सदनमा पुटिनका समर्थक पार्टी युनाइटेड रसिया पार्टी बहुमतमा छ । तर वामपन्थी संसादहरुको ३७ भोट यो विधेयकका विरुद्धमा छ । त्यसका साथै डूलामा यो विधेयक दोस्रो पटक फेरि पढिनेछ । त्यसपछि विधेयक फेडरेसन काउन्सिन अर्थात उच्च सदनमा पठाइनेछ । यो विधेयकको प्रमाणिकरण राष्ट्रपति पुटिन आफैले गर्नेछन् ।

के हुनेछ यो विधेयकमा ?
यो नयाँ बचाउ विधेयक अनुसार पूर्व राष्ट्रपति तथा उनको परिवारमा कुनै पनि प्रकारको प्रहरी सोधपुछ हुने छैन । साथै उनको सम्पत्ति जफत गर्न सकिने छैन । ‘असाधारण परिस्थितिमा गरिएको ठुला अपराध वा कथित राजद्रोकका विषय छाडिने छ भने आफ्नो जीवनभर पूर्व राष्ट्रपति र उनको परिवारमा कुनै पनि प्रकारको अपराध सम्बन्धि मुद्दा चलाउन पाइने छैन ।’ हाल रुसमा एक मात्रै पूर्व राष्ट्रपति दमित्री मेदवेदेव बाँचेका छन् । र, उनी पुटिनका सहयोगी हुन् ।

विधेयक लेख्नेमा एक जना रुसका सांसद पावेल क्रिशनिकोभले भने, ‘यो विधेयकका उद्देश्य एक राष्ट्रपतिलाई ग्यारेन्टी हुनेछ कि उनी राज्य र समाजको स्थिरताका लागि महत्वपूर्ण छ ।’ यसै वर्ष जुलाईमा संवैधानिक परिर्वतनका लागि जनमत संग्रह गरिएको थियो । जसमा सन् २०२४ पछि पनि ६/६ वर्ष गरी दुई कार्यकालमा पुटिन बस्न सक्छन् । अर्थात् पुटिन सन् २०३६ सालसम्ममा राष्ट्रपति हुनेछन् । विपक्षीहरु भने जनमत संग्रहको विरोधमा छन् । उनीहरुका अनुसार पुटिन आजीवन राष्ट्रपति बनिरहन चाहेका छन् । तर पुटिनले भने यो आरोपलाई खारेज गर्दै आएका छन् । -बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।