ताजा अपडेट »

पाँच लाखसहित २४ जुवाडे पक्राउ

विहीबार, २७ कार्तिक २०७७, ११ : ०३
10 Shares

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो ।

स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।