ताजा अपडेट »

बुटवलमा थपिए २३ कोरोना संक्रमित

शुक्रबार, २१ कार्तिक २०७७, १७ : २४
12 Shares

बुटवल । बुटवल उपमहानगरपालिकामा शुक्रबार २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुटवल उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा वडा नम्बर ७ मा ४ जना, ३, ८,१३ मा ३/३ जना, ६, ९, ११, १७ मा २/२ जना, ४ र १० मा १/१ जना संक्रमित थपिएका छन् ।

यो सँगै बुटवल उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ८४३ पगेको स्वास्थ्य महाशाखाले जनाएको छ । जसमध्ये २ हजार २७४ संक्रमित डिस्चार्ज भएका छन् भने ५६९ संक्रमित उपचाररत अवस्थामा रहेका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।