२१ असार २०७९, मंगलवार

Jul 5, 2022

बनेपा । दशैँभरि बढी भीडभाड हुने काभ्रेपलाञ्चोकका शक्तिपीठ तथा मन्दिर अहिले सुनसान बनेका छन् । कोरोना भाइरसको सङ्क्रमण जोखिम हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यहाँका शक्तिपीठ तथा मन्दिरमा दर्शन तथा पूजा गर्न जाने दर्शनार्थीलाई प्रवेशमा निषेध गरेपछि सुनसान बनेका हुन् । 

Advertisement

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सार्वजनिक सूचना जारी गरी नेपालीहरुको महान् चाड बडादशैँमा घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरका साथै स्थापना गरिने दुर्गा भवानीको पण्डलामा समेत सर्वसाधारणको भीड अत्यधिक हुन गई कोरोना सङ्क्रमणको सम्भावित जोखिम हुने भएकाले त्यहाँ दर्शनका लागि सर्वसाधारणको प्रवेशमा निषेध गरिएको छ ।

सो क्रममा शक्तिपीठ तथा मन्दिरमा नित्यपूजा मात्रै गर्न पाउने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सो अवधिमा सूचनाको बर्खिलाप गर्ने जोकोहीलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ । 

विगतका वर्षहरुमा काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी र नाला भगवतीलगायतका मन्दिरमा दशैँमा दर्शनार्थीहरुको भीड लाग्ने गरेका थिए । तर यसपटकको दशैँमा कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले दर्शन गर्न रोक लगाएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

आलुको बोरामा भेटियो करिब ८४ लाख अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च