१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । कार्यालयले सेवा शुभारम्भ गरेपछि कर तिर्न भैरहवा र बुटवल जानुपर्ने जिल्लावासीको बाध्यता अन्त्य भएको छ । मङ्गलबार सिद्धार्थ मल्टी सेवा प्रालिका सञ्चालक शम्भु उपाध्यायलाई फर्मको पान नम्बर प्रदान गरेर सेवाको औपचारिक शुभारम्भ गरिएको थियो । परासीमा करदाता कार्यालय सञ्चालनमा ल्याएपछि यहाँका उद्योगी व्यवसायीलगायत जिल्लावासी हर्षित भएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले बताए ।

कार्यालय स्थापनापछि करको दायरा फराकिलो बनाउने सरकारको लक्ष्य पूरा हुने लुम्बिनी प्रदेशसभा सदस्य वैजनाथ जयसवालले बताए । जिल्लावासीको सुविधाका लागि कार्यालय स्थापना गरिएको बताउँदै कार्यालय प्रमुख वसन्त अधिकारीले हाललाई सुनवल र बर्दघाट नगरपालिका बाहेक जिल्लाका अन्य पाँच वटै स्थानीय तहका नागरिकलाई सेवा प्रदान गर्ने बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य गाडीले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु