१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

बुटवल । रोटरी क्लबले सामाजिक छवि कायम राख्न योजनाबद्ध रुपमा योजना बनाएर काम गर्न सके समाजप्रतिको प्रतिष्ठा बढ्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । पव्लिक इमेज रिजन फाईभको आयोजना र रोटरी क्लव अफ बुटवलको संयोजनमा सोमबार भएको रोटरी इन्टरनेशनल ३२९२ नेपाल–भुटान पब्लिक इमेज कमिटी रिजन फाईभको भेटघाट (र्भचुअल) कार्यक्रममा बोल्ने व्यक्तिहरुले उक्त कुरामा जोड दिएका हुन् ।

Advertisement

कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका गभर्नर राजीव पोखरेलले पव्लिक इमेजको लागि योजना अनुसार काम गर्न नसके त्यसको अर्थ नहुने बताए । साथै डिष्ट्रिक गभर्नर पोखरेलले डिष्ट्रिकको वेबसाईटसँग हरेक क्लवको वेबसाईट जोड्न आग्रह गरे । कार्यक्रममा डिष्ट्रिक गभर्नर इलेक्ट रो. सन्तोष रिजालले जनताको विश्वास जित्ने गरी काम गर्न र परियोजनाहरु सफल रुपमा कार्यान्वयन गर्न आग्रह गरे । आरआइ डिष्ट्रिक ३२९२ का एजी रो. राजेन्द्र लम्सालले रोटरीले अगाडि बढाएका परियोजनाहरु सफल भए रोटरीको इमेज माथि उठ्ने भन्दै शंकरनगर वनवाटिकामा बाल उद्यान, टोय रेल सञ्चालन, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा क्याथ ल्याव, लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जस्ता परियोजना रोटरीले सफल बनाएको बताए ।

डिष्ट्रिक पव्लिक इमेज कमिटीका चेअर रवि बरालले रोटरीले अगाडि बढाउने परियोजनाहरु सफल रुपमा सम्पन्न भएमात्रै जनताको मन जित्न सकिने बताए । रिजनल पव्लिक इमेज कमिटीका चेअर डा. नारायण पन्थले रोटरीले गर्दै आएका कामले पव्लिक इमेज बढ्दै गएको र आगामी दिनमा यसलाई अझ फराकिलो बनाउनुपर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा पुर्व एजी तथा रिजनल चेअर रो. एजाज आलम, रोटरी क्लव अफ तिनाउ बुटवलकी अध्यक्ष ज्ञानधरा काफ्ले लगायतले सफल परियोजनाहरुका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमका अध्यक्ष एवं रोटरी क्लव अफ बुटवलका अध्यक्ष रो. सुनिल श्रेष्ठले क्लवले यो वर्ष चारवटा महत्वपूर्ण परियोजना अगाडि बढाएको जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ सेन्टर, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा अक्सिजन प्लान्ट, शंकरनगर वनवाटिकामा इ–लर्निङ एण्ड साइन्स थिएटर र मोवाइल ब्लड कलेक्सन भ्यान जस्ता परियोजना क्लवले अगाडि बढाएको श्रेष्ठले बताए ।
कार्यक्रममा रोटरी डिष्ट्रिक अफिसियलहरु, रिजन ५ का अध्यक्ष, सचिव तथा क्लब पब्लिक इमेज चेयरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पब्लिक इमेज विकाससम्बन्धी कार्ययोजना प्रस्तुत गरिएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य