१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा भइरहेको वा हुन सक्ने गैरकानूनी जग्गा कारोबार बन्द गर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार सूचना प्रकाशन गर्दै बन्द नभए कठोर कदम चाल्ने चेतावनी दिएको छ । प्रदेशसभाबाट गत असोज २० गते राप्ती उपत्यका( देउखुरी) लाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित भएको थियो ।

Advertisement

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएका क्षेत्रमा राप्ती गाउँपालिकाको क्षेत्रसमेत पर्ने भएकाले सो क्षेत्रभित्र जग्गाको किनबेच हाल रोक्का गरिएको जानकारी दिए । कुनै पनि व्यक्तिलाई जग्गा गैरकानूनी किनबेच नगर्न तथा नगराउन अनुरोध गरेका छन् । गाउँपालिकाले आफ्नो भूउपयोग नीति तयार गरेकाले सबै क्षेत्रमा घर घडेरीका रुपमा जग्गा विकास गर्न नमिल्ने पनि जानकारी गराएको छ ।

प्रदेश सरकारबाट राजधानीको पूर्वाधार तयार पार्ने सम्बन्धमा जग्गाको लगत सङ्कलन गर्ने कार्य भइरहेको छ । लगतका आधारमा गुरुयोजना तयार गरिसकेपछि मात्र जग्गा किनबेच तथा अन्य कार्य हुने सम्भावना भएकाले हाल जग्गाको कुनै पनि कारोवार गर्न निषेध गरिएको छ । प्रदेश तथा स्थानीय सरकारले जग्गा रोक्का राखेका अवस्थामा गैरकानूनी कागजात/तमसुक गरी गरिएका खरीदबिक्री मान्य नहुने र कागजात पनि जफत हुने अध्यक्ष सुवेदीले बताए ।

मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा ३६ मा रु ५० हजारभन्दा बढी रकमको घरसारमा तयार भएको लिखत सम्बन्धित पक्षका उपस्थितिमा वडा समितिको कार्यालयबाट प्रमाणित गराउनुपर्ने प्रावधानसमेत रहेकाले प्रमाणित नगराइएका उक्त काजगात आधिकारिक नहुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो