२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरको गड्डाचौकी नाका र पूर्वी डोकेबजारस्थित त्रिनगर नाका यसवर्ष भने कोरोना महामारीका कारण सुनसान छन् ।सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट दशैं, तिहार, नयाँ बर्ष (बिशु पर्व) र गौरा पर्व मनाउनेहरू घर फर्किने गर्थे ।

Advertisement

कोरोना भाइरसको त्रासका कारण गत चैतदेखि नै लाखौं नेपाली भारत छाडेर स्वदेश आइसकेकाले पनि चाडपर्वमा सीमानाकाहरू सुनसान भएका हुन् । गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायवनिरीक्षक नरेन्द्र चन्दले भारतबाट यहाँको नाका हुँदै दैनिक दुईदेखि तीनसय नेपाली स्वदेश फर्किरहेको बताए । “कोरोनाको डरले नेपालीहरू पहिल्यै हजारौंको सङ्ख्यामा यहाँबाट भित्रिसके ।” उनले भने, “यसवर्ष विगतजस्तो चाडपर्वमा आउनेहरूको तछाडमछाड छैन ।” भारतबाट आउनेहरूमध्ये पनि बीस प्रतिशत मात्रै दशैंलगायत चाडपर्व मनाउन आएको बताउने गरेको प्रहरी नायवनिरीक्षक थापाले जानकारी दिए । “अहिले पनि भारतबाट कोरोनाकै डरले नेपालीहरू घर आइरहेका छन् ।” उनले भने ।

गड्डाचौकी नाकाबाट दैनिक १००देखि २००सम्म नागरिक भारत रोजगारीका लागि गइरहेको प्रहरीको भनाइ छ । विगतमा दशै शुरू हुनुअघि नै यहाँको नाकाबाट दैनिक दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किने गरेका थिए । कृष्णपुर नगरपालिकाका अर्जुन जोशीले कोरोनाले भारतमा हुँदा पनि दुखः पाइएकाले दिल्लीबाट घर फर्किनुपरेको बताए । “लामो समयसम्म कम्पनी बन्द भएकाले कोठामै बस्नु प-यो ।” उनले भने, “अहिले त सुरक्षितरूपले घर पुग्नु नै ठूलो कुरो भइसक्यो । कोरोनाका कारण धेरै नेपालीको रोजगारी गुमेकाले स्वदेशमै काम गर्ने योजना बनाएर धेरैजसो घर फर्किरहेका छन्।” कोरनाका कारण यहाँका नाकाहरूबाट सुदूरपश्चिममा मात्रै डेढ लाखभन्दा बढी स्वदेश भित्रिएको सुदूरपश्चिम प्रदेश सरकारको भनाइ छ ।

त्यसैगरी डोकेबजार नाकाबाट गत आइतबार बिहान ३०२ जना भारतबाट स्वदेश फर्किएका थिए भने ४८ नेपाली रोजगारीका लागि भारत गएको डोकेबजार प्रहरी चौकीका प्रहरी नायवनिरीक्षक भुपाल थापाले जानकारी दिए ।“ विगतजस्तो भारतबाट बिदामा पर्व मनाउन आउनेहरूको सङख्या धेरै नै कम छ ।” उनले भने–“ अस्तिसम्म भारत जानेहरूको सङ्ख्या बढी थियो ।” डोकेबजार नाकाबाट दैनिक ५००देखि ८०० नेपाली घर फर्किरहेको प्रहरीको भनाइ छ । “आर्थिक अवस्थाले धेरै नेपाली दशैं छाडेर पनि मजदूरीका लागि भारत गइरहेका छन् ।” प्रहरी नायवनिरीक्षक थापाले भने । “कोरोना सङ्क्रमण बढिरहदा घर आउनेहरू अघिल्ला महिनाहरूमै आइसके ।”

यहाँबाट भारतको राजधानी दिल्ली, बैंग्लोर, पुना, मुम्बै, पञ्जाब, देहरादुन, हरिद्धार, राजस्थान, कुमाउ गड्वाल र सिमलालगायत स्थानमा नेपालीहरू मजदूरीका लागि जाने गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चाडपर्वमा यात्रुहरूको सहजताका लागि सीमानाका क्षेत्रमासमेत गरेर प्रदेशका ४० स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने