२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

नयाँ दिल्ली । भारतमा आइतबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघेको छ । आइतबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ९४ हजार ५५२ भएको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ३१ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

भारतमा गत २४ घण्टामा ६१ हजार ८७१ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण १ हजार ३३ जनाको मृत्यु यहाँको परिवार तथा स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ । अझै पनि भारतभरी ७ लाख ८३ हजार ३११ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६५ लाख ९७ हजार २१० जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ । यसअघि नौ, दश लाख सङ्क्रमितहरु रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या अहिलेसम्मकै कम हो । कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा शनिबारसम्म ९ करोड ४२ लाख २४ हजार १९० व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ९९ लाख ५९ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । कूल सङ्क्रमितमध्ये दुई करोड ९८ लाख ६१ हजार ७६५ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ । सिन्ह्वा

प्रतिकृया दिनुहोस्

Flash News

मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन कपिलबस्तुको सिद्धार्थ रिसोर्टमा तीज विशेष कार्यक्रम हुने, सहभागीलाई पुरस्कार !