२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटस्थित नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ ।

जिल्लामा हिउँद याममा नियमित हिउँ पर्ने हुँदा टेलिकमको रेडियो लिंक बिग्रने भएकाले शुक्रबार भिस्याट गरिएको छ । सेवा आजदेखि सञ्चालनमा आएको छ ।

हिउँदमा हुम्लीले टेलिफोन सेवाबाट समस्या झेल्नुपरेकाले टेलिकमले सो सेवा जडान गरेको नेपाल टेलिकम हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार टेलिकमको रेडियो लिंकले काम नगरेका समयमा अन्य कम्पनीबाट सेवा लिनुभन्दा आफ्नै भिस्याटमार्फत काम गर्दा सजिलो हुने भएकाले यो सेवा जडान गरिएको हो ।

बेलाबेलामा नमस्तेको नेटवर्कले काम नगर्ने भएपछि अन्य वैकल्पिक सेवाका लागि भिस्याट सेवा जडान गरिएको हो । केही दिनअअघि मात्रै सर्केगाड गाउँपालिका वडा नं २ रिप र सिमकोट गाउँपालिका वडा नं ७ को धारापोरीको बिग्रिएको टावर मर्मत गर्न प्राविधिक टोली काठमाडौँबाट सिमकोट पुगेको थियो । विगत वर्षमा रेडियो लिंकले काम गर्न छाडेपछि कम्तीमा एक हप्तादेखि एक महिनासम्म यहाँका नागरिक सञ्चारसेवाबाट वञ्चित थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…