ताजा अपडेट »

१० दिन भित्र क्लिनफिड लागू गर्न सेवा प्रदायकहरुलाई निर्देशन

बुधबार, २८ असोज २०७७, १३ : ४२
6 Shares

बुटवल । सरकारले १० दिन भित्र अनिवार्य रुपमा क्लिन फिड लागू गर्न सेवा प्रदायकहरुलाई निर्देशन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी कार्तिक ७ विदेशी च्यानलहरुलाई विज्ञापन रहित (क्लिनफिड) प्रसारण गर्न निर्देशन जारी गरेको हो । क्लिनफिड प्रसारण नभएमा कानून बमोजिम कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

‘‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानलहरु कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ । विभिन्न निकायबाट मन्त्रालयमा क्लिनफिड प्रसारणको म्याद थप गर्न माग गरिएको विषयमा ध्यानाकर्षण भएको भन्दै मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘२०७७ साल कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधि समेतको व्यवस्था भएकाले ऐनको मर्म र भवना अनुरुप तोकिएको मितिदेखि विज्ञापनरहित प्रसारण गर्न गराउन सम्बन्धित सबै संघ-संस्थाहरुलाई अनुरोध गरिएको छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।