ताजा अपडेट »

आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिनेछ : नासा

मंगलबार, २७ असोज २०७७, ०७ : ४२
12 Shares

आज अक्टोबर १३ तारिखका दिन पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलाे देखिने खगाेलविद्ले बताएका छन्। नासाका अनुसार यो दुर्लभ खगोलीय घटना हो। जसमा मंगल, पृथ्वी र सूर्य ग्रह आपसमा सीधा रेखामा हुनेछन्। यसकाे अर्थ यी तीनवटा ग्रह १८० डिग्री काेणमा रहनेछन्। यसलाई टेलिस्कोपको सहयोगमा अवलाेकन गर्न सकिन्छ। तर राम्रोसँग हेर्न भने नजिकको खगोल विज्ञान केन्द्रमै जानुपर्ने हुन्छ।

खगोलविद्का अनुसार यस्ताे दुर्लभ घटना हरेक २ वर्ष (२६ महिना) मा हुन्छ। यसर्थ अब २०२२ डिसेम्बरयता मंगल ग्रह र पृथ्वी यति नजिक हुने छैनन्। पृथ्वी र मंगल ग्रहबीचकाे दूरीमा यस्ताे परिवर्तन अन्डाकार कक्षका कारण हुने गर्छ। अन्य ग्रहका गुरुत्वाकर्षणका कारण परिक्रमा कक्षमा यस्ता परिवर्तन भइरहन्छन्। खासगरी बृहस्पतिकाे गुरुत्वाकर्षण शक्तिले मंगल ग्रहकाे परिक्रमा कक्षलाई प्रभाव पार्ने गर्छ। मंगल ग्रहलाई रातो ग्रह पनि भनिन्छ। यसको सतहमा ठूलो मात्रामा आइरन अक्साइड रहेकाले यसकाे रङ रातो देखिएकाे हाे। मंगल ग्रह साैर्य मण्डलकाे दाेस्राे सबैभन्दा सानाे ग्रह हाे।

यो भन्दा अघि सन् २०१८ मा आमनेसामने हुँदा पृथ्वी र मङ्गल जम्मा ५८ करोड किलोमिटर टाढा थिए।

मङ्गल

तर खगोल फोटोग्राफरहरूका लागि यस पटकको मङ्गलको दृष्य विशेष छ किनभने यसको अवस्थितिको उचाइ फोटो खिच्नका लागि उपयुक्त छ। ड्यामियनजस्ता अनुभवी फोटोग्राफरले 'लक्की इमेजिङ भन्ने तरिका प्रयोग गरेर राम्रो फोटो खिच्छन्। उनीहरूले धेरैवटा फोटो खिच्छन् र सफ्टवेयर प्रयोग गरेर सबैभन्दा राम्रो फोटो निकाल्छन्। यो रिपोर्टको शुरूमा राखिएको ड्यामिनको तस्बिरमा मङ्गल ग्रहका विभिन्न कुरा देखिएका छन् त्यसमध्ये त्यहाँको पहाड र समथर मैदान देखिन्छ। दक्षिण र उत्तरी ध्रुवको फरक पनि प्रस्ट देखिएको छ।

दक्षिणी ध्रुवको कार्बन डाइअक्साइडको हिउँको थुप्रो पनि प्रष्ट देखिएको छ। यो तस्बिर १४ इञ्च सेलेस्ट्रोन टेलिस्कोप प्रयोग गरेर खिचिएको हो। "त्यो विशेष उपकरण हो," ड्यामियन भन्छन्। "तर त्यो भन्दा आधा कम क्षमताको टेलिकोस्पमा पनि मङ्गलका विवरणहरू देख्न सकिन्छ।" पृथ्वी र मङ्गल आमनेसामने हुने समय पारेर विभिन्न मुलुकले पृथ्वीबाट मङ्गलग्रहतिर अन्तरिक्ष यानहरू पठाउने गर्छन्।

मङ्गल

अहिले पनि यस्ता तीन यान मङ्गलग्रहतर्फ पठाइएका छन्। सबै यानहरू जुलाई महिनामा पठाइएका हुन्। पहिलो युनाइटेड अरब एमिरेट्सका होप अर्बिटर, चीनको तीयानवेन अर्बिटर तथा रोवर र अमेरिकाको पर्सिभेरेन्स रोवर। युरोप र रुसले पनि यान पठाउने योजना बनाएका थिए। तर उनीहरूले समयमा यान पठाउन नसकेकाले सन् २०२२ सम्म कुर्नुपर्नेछ। होप तीयानवेन र पर्सीभेरेन्स फेब्रुअरी महिनामा मङ्गलमा पुग्ने योजना छ।

सन् २००३ मा मङ्गल पृथ्वीको सबैभन्दा नजिक आइपुगेको थियो। त्यसबेला पृथ्वी र मङ्गल ग्रहबीचको दूरी ५६ करोड किलोमिटर मात्र थियो। आमनेसामने हुँदा यी दुई ग्रहबीचको दूरी १०० करोड किलोमिटरसम्म पनि हुन्छ जुन सन् २०१२ मा भएको थियो। दुई ग्रहबीचको दूरीमा फरकपन चाहिँ यी दुई ग्रहले घुम्ने अण्डाकार कक्षमा भर पर्ने गर्छ। -बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।