ताजा अपडेट »

जबर्जस्ती प्रस्ताव पारित गराउँदै सत्तापक्ष,संसद भवन क्षेत्रमा कडा सुरक्षा

सोमबार, १९ असोज २०७७, ०९ : १४
10 Shares

बुटवल । प्रदेश ५ प्रदेशसभामा शुक्रबार प्रस्तुत प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव माथि कडा सुरक्षाका बीच छलफल हुने भएको छ । प्रस्तवाको विरुद्धमा यहाँका सामाजिक संघ–संस्था तथा राजनीतिक दलहरुले विरोध जनाउँदै संसद घेराउलगायतका कार्यक्रम तय गरेपछि सरकारले संसद भवन क्षेत्रमा ठूलो संख्यामा सुरक्षा परिचालन गरेको छ ।

प्रदेश ५ सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रस्तु गरेको प्रस्तावमा आजदेखि संसदमा छलफल हुने भएको हो । प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ रहने गरी गरिएको प्रस्तावको विरुद्धमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तथा यहाँका उद्योगी व्यवसायीहरुले विरोध जनाउँदै प्रदर्शन जारी राखेका छन् । रुपन्देहीका सबै स्थानीय तह तथा नेकपा रुपन्देहीले समेत प्रस्तावको विरोध जनाएको छ ।

सत्तारुढ दल नेकपाले भने जसरी भएपनि प्रस्ताव पारित गराउने प्रयासमा जुटेको छ । संसदमा प्रस्ताव पेश भएपछि शनिबार ६ घण्टा लामो बैठक बसेको सत्तारुढ दलको संसदीय दलको बैठकले ह्विपनै जारी गरी प्रस्ताव पारित गराउने निष्कर्शमा पुगेको थियो । यसैबीच नेकपा प्रदेश ५ का सचेतक भुमिश्वर ढकालले भने ह्विप लगाउने बारे औपचारिक निर्णय नभएको बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।