ताजा अपडेट »

विश्वमा कोरोना संक्रमित संख्या ३ करोड २४ लाख नाघ्यो

शुक्रबार, ०९ असोज २०७७, ०७ : ४५
4 Shares

काठमाडौ । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख १ हजार ६५६ पुगेको छ । वितेको २४ घण्टामा विश्वमा ३ लाख १४ हजार ७८८ संक्रमित थपिएका छन् । त्यस्तै एकैदिन ५ हजार ८७२ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार १५६ पुगेको छ ।

आज (शुक्रबार) बिहान यो समाचार तयार पार्दासम्म विश्वमा २ करोड ३९ लाख १६ हजार ९४० जनाले कोरोना जितेका छन् ।अहिले संक्रिय संक्रमितमध्ये ६३ हजार ३६६ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ७४ लाख ९७ हजार ५६० जनाको अवस्था सामान्य छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा एकैदिन ४५ हजार ३२८ जनामा कोरोना पुष्टि भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ७१ लाख ८५ हजार ४४४ पुगेको छ । एकैदिन ९४२ सहित मृतकको संख्या २ लाख ७ हजार ५३८ पुगेको छ । त्यस्तै दोस्रो स्थानको भारतमा एकैदिन ८५ हजार ९१९ संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १६ हजार १०३ पुगेको छ । अहलिेसम्म ९२ हजार ३१७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै तेस्रो धेरै संक्रमित भएको मुलुक ब्राजिलमा एकैदिन ३२ हजार १२९ संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ४६ लाख ५९ हजार ९०९ पुगेको छ । १ लाख ३९ हजार ८३३ जनाले ज्यान गुमाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।