ताजा अपडेट »

भारतीय सेनाले गस्ती गर्ने १० स्थान चीनकाे नियन्त्रणमा

शनिबार, ०३ असोज २०७७, १३ : ५५
8 Shares

काठमाडौ । भारतीय सेनाले गस्ती गर्ने पूर्वी लद्दाखस्थित वास्तविक सीमा रेखा (एलएसी)को १० स्थान चिनियाँले सेनाले नियन्त्रणमा लिएको द हिन्दुले जनाएको छ ।

गत अप्रिलदेखि नै भारतीय सेनाले गस्ती गर्दै आएको सीमा क्षेत्रका ९, १०, ११, १२, १२A, १३, १४, १५, १६, १७ र १७A स्थान चिनियाँ सेनाले नियन्त्रणमा लिएको बताइएको छ । जुन क्षेत्रहरु प्योङप्याङ त्सो तालको नजिक रहेको छ ।

गत बिहिबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनसँगको सीमा विवाद समाधान भएको बताएका थिए । उनले राज्यसभामा बोल्दै भारतीय सेना चिनले दिएको सबै चुनौती बहन गर्न सक्षम रहेको बताएका थिए ।

यसैबीचमा द हिन्दुमा १० स्थान चिनियाँ सेनाले नियन्त्रणमा लिएको खबर आएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।