ताजा अपडेट »

आदर्श आधारभूत विद्यालयको भवन शिलान्यास

विहीबार, ०१ असोज २०७७, १७ : ३९
4 Shares

पाल्पा । आदर्श आधारभूत विद्यालयको भवन शिलान्यास भएको छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–५ भक्तेडाँडामा रहेको उक्त विद्यालयमा निर्माण हुने चारकोठे भवनको एक कार्यक्रमका बीच विहीबार गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले शिलान्यास गरेका हुन्।

शिलान्यास गर्दै अध्यक्ष घर्तिमगरले ७० लाख लागतमा ४ कोठे भवन र आवश्यक फर्निचरसहित आउँदो पुस मसान्तसम्म निर्माण सम्पन्न हुने उक्त भवनमा भूकम्प प्राधिकरणको आर्थिक सहयोग रहने बताए । स्थानीय विद्यार्थीलाई भौतिक सेवा उपलब्ध गराउन सकेमा शैक्षिक अवस्थामा उल्लेखनीय परिवर्तन भई यस क्षेत्रमा सकारात्मक प्रभाव पर्ने छ । कार्यक्रममा वडाध्यक्ष दलबहादुर दर्लामी,गाउँ शिक्षा प्रमुख लक्ष्मी कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर चिदी, जग्गादाता दिगाम्बर चिदी,विद्यालयका शिक्षकहरु र उभिभावकहरुको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।