ताजा अपडेट »

२१ महिनाका बालक मृगौला पीडित, आर्थिक अभावमा उपचारविहिन

विहीबार, २९ साउन २०७७, १४ : २५
4 Shares

गुल्मी । गुल्मीका मृगौला पीडित बालक उपचार नपाएर घरमै बस्न बाध्य भएका छन् । गुल्मीमा २१ महिनाका बालकको दुबै मृगौला फेल भएपछि उपचार गर्ने पैेस नभएपछि घरमै राखिएको हो । उपचारको लागि धेरै रकम लाग्ने भएपछि ती बालक यतिबेला उपचारको पर्खाइमै घरमै बस्न बाध्य भएका हुन् । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर–५ का २१ महिनाका वालक जक्सन गिरीको दुबै मृगौलाले काम गर्न छोडेपछि परिवारले सहयोगको याचना गरेका छन्। ।

उपचारको लागि पाल्पा मिसन अस्पतालमा लगे पनि ठूलो रकमलाग्ने भएकोले अहिले पैसाको अभावमा घरमै राखिएको छ । आफ्नो छोरोको दुबै मृगौलाले कामगर्न छोडेपछि आमा हिमा गिरीले सबैसँग सहयोगको याचना गरेकी छन् । आर्थिक समस्याको कारणले गर्दा छोराको उपचार गर्न नसकिएको परिवारले जनाएको छ । अहिलेसम्म छोरोको उपचारमा ३ लाख खर्च भैसकेको छ ।

आफूसँग भएको सबै रकम छोरा कै उपचारमा लगाए पनि स्वास्थ्यमा कुनै सुधार नभएको बालककी आमाको भनाई छ ।उपचारको लागि छिमेकबाट पैशा ऋण गरे पनि आफूसँग कुनै उपाय नभएको भन्दैे सहयोगको लागि आग्रह गरेको आमा हिमा गिरीले बताइन् । आर्थिक अभावमा उपचार नपाएर घरमै छटपटाइरहेका यी साना बालकको उपचारमा सम्पूर्ण नेपालीहरुको सहयोग परिवारले आशा गरेका छन् ।

 
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।