१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

रुकुमपश्चिम । स्थानीयस्तरमा उद्योगको सङ्ख्या र उत्पादन बढाउन रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ लाई उद्योग वर्षका रुपमा स्थापित गर्ने भएको छ । नगरपालिकाले विभिन्न वस्तु उत्पादनका लागि नगरभित्र प्रशस्त उद्योग स्थापनालाई यो वर्ष विशेष जोड दिने भएको हो ।

Advertisement

स्वीटर, ट्राउजरलगायतका लत्ताकपडामा आत्मनिर्भर बन्ने उद्देश्यले नगरपालिकाले यो वर्ष उद्योग स्थापनालाई जोड दिन लागेको नगर प्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । त्यस्तै नगरमै निर्माण सामग्री उत्पादन गर्नका लागि पनि उद्योग स्थापनालाई नीति तथा कार्यक्रममार्फत विशेष जोड दिइएको उहाँको भनाइ छ । नगरवासीलाई आवश्यकपर्ने लत्ताकपडा नगरपालिकामै उत्पादन गर्ने र आवश्यक विभिन्न निर्माण सामग्री पनि नगरभित्रै उत्पादन गरेर बाहिरको आयातलाई केहीरुपमा भए पनि कम गर्ने उद्देश्यले यो वर्षलाई उद्योग वर्षका रुपमा स्थापित गर्ने गरी नीति, कार्यक्रम र बजेट निर्माण गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।

“कुन उद्योगका लागि कति सहयोग गर्ने भन्ने कार्यविधि भने नीति तथा कार्यक्रमका आधारमा बनाउँछौँ र त्यसका आधारमा उद्योग स्थापनाका लागि बजेटको व्यवस्था गर्छौं”, उहाँले भन्नुभयो, “सानादेखि ठूला उद्योग स्थापना गरेर नगरलाई आद्योगीकरणतर्फ मोड्ने हाम्रो लक्ष्य छ ।” उद्योग स्थापनाका लागि नगरपालिकाले निव्र्याजी ऋणको समेत व्यवस्था गर्ने भएको छ । स्थानीय वित्तीय संस्थामार्फत उद्यमीलाई ऋणको व्यवस्था गरिदिने र त्यसको व्याज नगरपालिकाले व्यहोर्ने गरी कार्यक्रम बनाइएको नगरप्रमुख केसीले जानकारी दिनुभयो । यसबाट उद्योग स्थापनामा लाग्नका लागि उद्यमीलाई प्रेरणा मिल्ने उहाँको विश्वास छ ।

त्यस्तै नगरपालिकाले निर्यात व्यापारलाई सक्दो सहयोग गर्ने तथा बजार भाउ नियन्त्रण गर्न र गुणस्तरीय उपभोग्य सामग्रीको बिक्रीवितरण हुने व्यवस्था गर्न निरन्तर निगरानी र प्रयास गर्ने भएको छ । नगरपालिकामा उद्योग स्थापना गरी त्यसमा बेरोजगारलाई रोजगारी दिने नगरपालिकाको लक्ष्य छ । रोजगारी पाउन नसकेका तथा कोभिड–१९ का कारण बेरोजगार बनेकालाई स्थानीयस्तरमा स्थापना गरिने उद्योगमार्फत रोजगार बनाउने लक्ष्य राखिएको नगरप्रमुख केसीले बताउनुभयो ।

त्यस्तै नगरपालिकाको वडा नं ९ राडी बजारमा निजी क्षेत्रसँगको सहकार्यमा सपिङ मल सञ्चालनको सम्भाव्यता अध्ययनसमेत नगरपालिकाले यसैवर्ष गर्ने भएको छ । नगरपालिकाले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएदेखि नै उद्योग स्थापनालाई जोड दिँदै आइरहेको छ । नगरपालिकाले स्थानीय फलफूललाई प्रशोधन गरी जुस उत्पादनका लागि जुस उद्योग, स्थानीय काठबाट प्लाइउड निर्माणका लागि टिम्बर उद्योग, स्थानीय लसुन, बेसार, अदुवालगायतका मसला उत्पादनका लागि मसला उद्योग, गार्मेन्टलगायतका उद्योग सञ्चालन गरिसकेको छ भने केही उद्योग स्थापना हुने क्रममा रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था