२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

भैरहवा । सार्वजनिक सम्पति तोडफोडको पुर्व सूचना पाएर पनि प्रहरीले नरोकेको भन्दै रुपन्देहीका प्रहरी प्रमुख हेमकुमार थापा र प्रमुख जिल्ला अधिकारी माहादेव पन्थको जनप्रतिनिधिले राजिनामा मागेका छन् । जिल्लाको शुद्धोधन गाउपालिका- ५, दर्बाहा बगैँचा तथा सिमसार क्षेत्रको संरक्षणको लागि गरिएको तारबार र पर्खाल भत्काउनेहरुलाई प्रहरीले सहयोग गरेको उनिहरुको आरोप छ ।

Advertisement

शुद्धोधन गाउँपालिकाले मानपकडिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सांसद तुलसिप्रसाद चौधरिले भने, ‘हिजो मध्यदिनमै दर्बाहको संरचना अराजक समुहले भत्काईरहयो । प्रहरि निरिक्षक सहितको टोलि रमिते बनेर बस्यो । उसले कसैलाई रोकेन । ‘ सांसद चौधरिले शान्ति सुरक्षा कायम गर्न नसक्ने प्रहरिको के काम भन्दै प्रहरि प्रमुख र सिडिओलाई तत्काल कारबाहि गर्न संघिय सरकार संग माग समेत गरे । उनले भने, ‘मैले सिडिओलाई १७ पटक फोन गरेपछि बल्ल उठाउनुभयो । सार्वजनिक सम्पति नस्ट गराउने सुचना आएको छ । प्रहरी परिचालन गरेर रोकाउनु पर्यो भनियो । जिल्लाको प्रहरी प्रमुख, यो क्षेत्र हेर्ने छपिया ईप्रकालाई खबर गरियो । प्रहरी आयो तर उनिहरु रमिते बनेर बसें । लाखौको संरचना सबै ध्वस्त बनाईए । प्रहरी चुईक्क बोलेन ।’

पत्रकार सम्मेलनमा अध्यक्ष किशुसन चौधरिले सार्वजनिक सम्पतिको संरक्षणमा सुरक्षा दिन नसक्ने प्रहरिको कामै नभएको भन्दै तत्काल तिनका हाकिमलाई कारबाहि गर्नुपर्ने बताए । उनले भने, ‘जसले सार्वजनिक सम्पति तोडफोड गरेको हेरेर बस्छन, तिनले भोलि मान्छे मरिरहदा पनि यस्तै रमिते हुने डर सृजना भएको छ । म त भन्छु , यस्ता प्रहरी कर्मचारि हामिलाई चाहिदैन जसले आफ्नो कर्तव्य बिसिएर विध्वंसात्मक गतिविधिलाई प्रशय दिन्छन् ।’ सम्मेलनमा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणि मरासिनिले प्रहरीले चाहेको भए त्यो घटना नहुने वातावरण रहेको बताए । उनले भने, ‘अराजक समुहले तोडफोड गर्दा प्रहरिले रोकेन जसले गर्दा उनिहरु उत्साहित भएर झनै जथाभाबि तोडफोड गरे ।’

मानपकडिको दर्बाहमा गाउँपालिकाले दर्बाह मन्दिर र सोको वरिपरिको खालि जमिन समेटेर दर्वाह उद्यान बनाएको छ । उक्त उद्यानकोलागि पालिकाले गुरुयोजना नै बनाएर स्थानियको सहमतिमा काम गरिरहेको छ । शुद्धोधन गाउँपालिकाको पहिलो गाउसभाले ४० लाख बिनियोजन गरेर उक्त स्थलमा उद्यान बनाउन शुरु गरेको थियो । त्यसपछि आव ०७४/०७५ मा शुरु भएको गुरुयोजना ०७५/०७६ मा पनि ४० लाख बजेट बिनियोजन भई नदि तटबन्ध भईसकेको छ । गत आवमा प्रदेश सरकार पर्यटन मन्त्रालयको ३० लाख, अनि गापाको ५० लाख र प्रदेश सरकारको समनिकरण बजेटबाट ५० लाख सहित १ करोड ३० को लागतमा काम भईरहेको छ ।

दर्बाह मन्दिरको एेतिहासिकता सहित ससकृति झल्किनेगरि उद्यान निर्माण गर्ने र जोडिएको नदिमा डुंगा चलाउने समेत तयारि सहित काम भईरहेको छ । उक्त स्थलमा एक्कासि शुक्रबार दिउसो स्थानिय बिरेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण चौधरि र स्थानिय शेर बहादुर काफ्ले, विपिन कुर्मिको नेतृत्वमा तार जालि, पर्खाल तोडफोड गरिएको पालिकाले आरोप लगाएको छ ।

पालिका अध्यक्ष किशुसन चौधरिले हस्ताक्षर गरि पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ, ‘शेरबहादुर काफ्ले, बिपिन कुर्मि र कृष्ण चौधरिले योजनाबद्ध उक्त तोडफोड गरे । सार्वजनिक सम्पति तोडफोड गर्नेहरुलाई सार्वजनिक फोजदारि अपराधमा कारवाही गर्न र तिनिहरुबाटै नस्ट गरिएको संरचनाको मुल्याकन गरि क्षतिपुर्ति दिलाउन सम्बन्धित निकायसंग माग गर्दछौं ।’

विज्ञप्तिमा तोडफोडको नेतृत्व गर्नेहरुसंगै तिनका मतियारलाई पनि कारबाहि गर्न माग गरेका छन् । ईलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरिक्षक रबिन्द्र खड्का खड्काले मान्छेहरुको भिड ठुलो हुदा थोरै संख्यामा भएको प्रहरिले नियन्त्रण गर्न नसकेको बताए । उनले भने, ‘हामिले रोक्ने कोशिस गरेको हो सकेनौं ।’

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?