Jun 4, 2023
बुटवल । शुक्रबार फेरी सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३ सय रुपैयाँले बढेर ९९ हजार ३ सयमा कारोबार हुँदै रेकर्ड कायम गरेको हो । यसअघि बिहिबार नै उच्च विन्दुमा थियो ।
शुक्रबार चाँदीको मूल्य भने घटेको छ । बिहिबार पनि घटेको चाँदी शुक्रबार तोलामा २५ रुपैयाँले घटेर एक हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको कारण त्यसको असर नेपालमा पनि परेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्