May 28, 2023
बुटवल। मंगलम यूनिर्भसल प्रा.लि अन्तर्गतको तिनाउ एक्जिम प्रा.लि बुटवलले टेक्निसियन प्रोत्साहन कार्यक्रम बापत ४ थान मोटरसाइकल वितरण गरेको छ । बुटवल कालिकानगरमा एक कार्यक्रमको आयोजना गरी मंगलम यूनिर्भसल प्रा.लिका एरिया सेल्स म्यानेजर राजेश अर्यालले ४ जना टेक्निसियनलाई मोटरसाइकल वितरण गरेका हुन् ।
मंगलमका पिभिसी र सिपिभिसी पाइप तथा फिटिङ सामग्री विक्रिबापत उनीहरुलाई प्रोत्साहन स्वरुप मोटरसाइकल वितरण गरिएको उनले बताए । मोटरसाइकल प्राप्त गर्नेहरुमा अशोक थापा, टेक नारायण भटट्राई, दुर्गादत्त भण्डारी र नारायण गैह्रे रहेका छन् । यसअघि पनि कम्पनीले टेक्निसियन प्रोत्साहन कार्यक्रम अन्तर्गत तालिमहरु समेत सञ्चालन गरेको थियो ।
प्रतिकृया दिनुहोस्