ताजा अपडेट »

सिंहदरबारमा कार्यरत ७ सय कर्मचारीको स्वाब संकलन

बुधबार, १४ साउन २०७७, १६ : ०५

काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा कार्यरत कर्मचारीको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । काठमाडौंमा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै सिंहदरबार कार्यरत कर्मचारीको नमूनाका लागि स्वाब संकलन गरिएको हो ।

मन्त्रालय, सुरक्षाकर्मी, सवारी चालकमा खटिएका कर्मचारी तथा बाहिरी मान्छेको सम्पर्कमा रहने करिब ७ सय जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न लागिएको जनाएको हो । काठमाडौं उपत्यकाभित्र मंगलबार ५३ जनामा कोरोना पोजेटिभ देखिएको थियो । तीमध्ये २३ जना प्रहरी रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।