२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

तिनाउ । पाल्पाको तिनाउ गाउँपालिकामा रहेका विद्यालयहरुमा सामाजिक दूरी कायम राखी पठन-पाठन सञ्चालन गरिने भएको छ । गाउँपालिकामा विद्यालयका प्रधानाध्यापकहरुको संयुक्त बैठकपछि पढाउन मिल्ने ठाउँमा दूरी कायम गरेर नियमित पढाई गर्ने र बढि विद्यार्थी भएका विद्यालयमा २ सिफ्ट गरी कक्षा सञ्चालन गर्ने निर्णय भएको हो । विद्यालयमा आउँदा विद्यार्थी र शिक्षकले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, विद्यालयमा साबुन पानी र सेनिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ ।

Advertisement

यसैगरी तिनाउ गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारीलाई विद्यालय समयमा अनिवार्य रुपमा विद्यालय उपस्थित हुन निर्देशन दिईएको छ । तिनाउ गाउपालिका भित्रका प्रध्यानाध्यापकहरुको बैठकमा पालिकाका अध्यक्ष तथा गाउ शिक्षा समिति निर्देशक ओम बहादुर घर्ति मगरले उक्त निर्देशन दिए । कोरोना महामारीका कारण लकडाउन भएपछि बन्द भएका विद्यालयहरु केहि समय अघिबाट टोलटोलमा विद्यार्थी भेला गरी अनौपचारीक तवरले पढाई सञ्चालन गर्दै आएका थिए । तर केहि शिक्षकहरु हालसम्म पनि विद्यालयमा उपस्थित नभएको गुनासो आएकाले उक्त निर्णय गरीएको घर्ति मगरले बताए ।

तिनाउका शिक्षकहरुले श्रावण मसान्त भित्र सबै सम्पति विवरण पेश गर्नुपर्ने भएको छ । यसका साथै बैठकमा सबै कार्यसम्पादन मूल्यांकन १ महिनाभित्र गाउपालिका कार्यालयमा पेश गर्न निर्देशन जारी गरिएको छ । बैठकमा उपस्थित सम्पूर्ण प्रअहरुले आ–आफ्नो विद्यालयको गतिविधि बताएका थिए । गाउँपालिका उपाध्यक्ष दयमन्ति थापा प्रशासन शाखा प्रमुख यादव अर्याल, दोभान माविका प्रअ सूर्य पौडेल, मस्याम माविका प्रअ कृष्णप्रसाद पान्डेय लगाएतले लकडाउन र कक्षा सञ्चालनका बारेमा धारणा राखेका थिए ।

सामाजिक विकास शाखा संयोजक राजेश श्रेष्ठ र विद्यालय निरिक्षक लक्ष्मी कुवरले लामो समय अन्द शैक्षिक संस्थाहरुलाई खुलाउँदा आवश्यक सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा पालिका भित्रका अनाथ, अशक्त तथा असाहाय बालबालिकाहरुलाई ड्रेस, पुस्तक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेदरल्यान्ड्सविरुद्धकाे अभ्यास खेलमा नेपालले टस हारयाे १२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा