ताजा अपडेट »

तत्काल पठन-पाठन असम्भव : मन्त्री बराल

मंगलबार, १३ साउन २०७७, १७ : ४८
8 Shares

बुटवल । प्रदेश ५ का समाजिक विकास मन्त्री सुर्दशन बरालले कोभिड १९ को कारणले शिक्षा प्रणाली अस्तव्यस्त भएको बताएका छन् । उनले शिक्षामा स्पष्ट नीति लिन नसक्दा शिक्षा क्षेत्र वेवारिसे भएको भन्दै चिन्ता व्यक्त गरे ।

रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ ले मंगलबार बुटवलमा गरेको साक्षात्कार बोल्दै मन्त्री बरालले विद्यालयहरुमा क्वारेन्टाइन तथा आईसोलेशन बनाउँदा विद्यालयका भौतिक पूर्वाधारमा क्षती भएको बताउँदै तत्काल पठनपाठन गराउन सम्भव नभएको जिकिर गरे । ‘कोरोनाका कारण सामुदायिक तथा नीजि विद्यालयहरुमा क्वारेन्टाईन तथा आईशोलेसन सेन्टर बनाईयो’, उनले भने, ‘क्वारेन्टाईनमा बस्नेहरुले विद्यालयका फर्निचरलाई खाना पकाउने तथा सुत्ने ठाउँमा प्रयोग गरे जस्ले गर्दा भौतिक पूर्वाधारमा क्षति भयो, तत्काल पढाउन सम्भव छैन् ।’

मन्त्री बरालले प्रदेशमा कोरोना भाईरसको जोखिम कम हुदैँ गएपछि विद्यालयमा बनाईएका क्वारेन्टाईन सार्वजनिक भवनमा सारेर विद्यालयहरु खोल्दै जाने उनले बताए । उनले समस्यालाई फालाफाल गरेर समस्या समाधान नहुने बताउँदै समस्या ग्रहण गरेर समाधान सफल रहेको बताए । सो अवसरमा प्याब्सनका केन्द्रिय प्राज्ञिक सल्लाहकार कृष्ण खनालले नीजि विद्यालयहरु अभिभावक बिहीन भएको बताए । उनले कोरोनाको महामारीमा पनि राज्यले नीजि विद्यालयका शिक्षकहरुलाई भेदभाव गरेको भन्दै चिन्ता व्यक्त गरे । खनालले ज्ञानबिनाको नेताले सर्वप्रक्षिय निर्णय गर्न नसकेको आरोप लगाए । उनले सम्भव भएका ठाउँमा विद्यालय खोल्न सहजिबरण गर्नको लागि सरकारसँग आग्रह गरे ।

यस्तै एन प्याव्सनका केन्द्रिय सदस्य कृष्ण पौडेलले अहिले शिक्षा क्षेत्र जर्जर भएको बताएका छन् । उनले अनलाईन क्लास पढाएबापत राज्यले अभिभावकसँग शुल्क लिन रोक लगाएर नीजि शिक्षकहरुलाई मर्का पारेको बताए । शिक्षक महासंघ प्रदेश ५ का उपध्यक्ष कुल प्रसाद लामिछानेले राज्यको नीतिगत दोषका कारण सवै क्षेत्र अस्तव्यस्त रहेको बताए । कोरोनाको महामारीबिच शिक्षा क्षेत्रलाई अगाडी बढाउन सरकारलाई के गर्ने, के नगर्ने भन्ने विषयमा ज्ञान नभएको आरोप लगाए ।
संस्थागत विद्यालय शिक्षक युनियन रुपन्देहीका अध्यक्ष सुदीप श्रेष्ठले नीजि शिक्षकलाई राज्यले अपहेलना गरेको आरोप लगाए । उनले सरकारले नीजि शिक्षक राहत दिन आग्रह गरे । निजी शिक्षकहरुको संगठन प्याव्सुका केन्द्रिय सदस्य हरि पौडेलले नीजि क्षेत्रका शिक्षकहरु हेपाहा भएर बाच्न बाध्य भएको दुःख व्यक्त गरे । उनले नीजि विद्यालयका शिक्षकहरुलाई श्रम ऐन अनुसार न्यूनतम तलबको व्यवस्था गर्न आग्रह गरे ।

नेपाल अभिभावक संघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीले राज्यले अभिभावकको जिम्मा पूरा गर्न नसकेको आरोप लगाए । उनले मन्त्रालयको माईनेटमा साईन गरेर मात्रै सरकारको दायित्व पुरा नहुने बताए । शिक्षा पत्रकर संघका केन्द्रिय उपाध्यक्ष कृष्ण मल्लले सरकारले शिक्षामा कम प्राथमिकता दिएको आरोप लगाए । उनले नीजि शिक्षकहरुलाई सरकारले झुलाउँदै गरेको भन्दै बताए । साक्षात्कार कार्यक्रम क्लबका प्रदेश संयोजक रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।