२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

तिनाउ । पाल्पाको तिनाउ गाउँपालिकामा रोटा भाइरस (झाडापखाला) विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिले कोही पनि बालबालिकालाई नछुटाउन आह्वान गरेका छन् । तिनाउ–३ झुम्साबाट सोमबार देखि सुरु भएको अभियानमा घर्तिले अभियानलाई प्रवाकारी बनाउन स्वास्थ्यकर्मी, जनप्रतिनिधी तथा सबै तहका कर्मचारी तथा आम नागरिकलाई आह्वान गरेका हुन् ।

रोटा भाइरसका कारण नवजात शिशु तथा बालबालिकामा हुने झाडापखाला संक्रमण रोक्नका लागि ६ हप्ता पुगेका बालबालिकाहरुलाई पहिलो पटक मुखबाट खोप दिने गरिन्छ भने त्यसको १० महिनापछि दोस्रो खोप दिनइने गाउँपालिका स्वास्थ्य शाखा इन्चार्ज कृष्ण कार्कीले जानकारी दिए । बालबालिकाहरुलाई रोटा खोपका साथै डि.पि.टी. र हेपाटाइटिस बि. विरुद्ध खोप दिइने छ । नेपाल सरकारले गएको असार महिनादेखि थप गरेको रोटा खोप अभियान तिनाउमा पनि सुरु भएको हो । यो अभियासँगै गाउँपालिकामा १००० दिन आमा अभियान सम्बन्धि प्रवर्धनात्मक कार्यक्रम समेत सञ्चालन गरिने भएको छ ।

यस अभियानमा गाउँपालिका भित्र रहेका नवजात शिशुका आमाहरुलाई सरसफाई तथा पौष्टिक आहारका बारेमा घर–घरमा पुगी स्वास्थ्यकर्मीहरुले जानकारी गराउने छ । अभियानलाई सफल बनाउन आह्वान गर्दै कार्यक्रममा झुम्सा स्वास्थ्य इकाई व्यवस्थापन समितिका सदस्य सावित्रा पाण्डे, नर्सिङ इन्चार्ज रिता थापा तथा सिनियर अहेब ठाकुर कुवँरले बोलेका थिए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका