ताजा अपडेट »

स्याङ्जाका १८ जना प्रहरीमा कोरोना संक्रमण

सोमबार, १२ साउन २०७७, १८ : ३०
8 Shares
सोमबार, १२ साउन २०७७
8 Shares

बुटवल । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य प्रादेशिक कार्यालयले पुतलीबजार नगरपालिकाका १ महिलासहित १८ जनामा कोरोना संक्रमण भएको सोमबार पुष्टि गरेको हो । संक्रमितहरुमा ३९, २७, ३७, २८, ४१, ३३, ३८, ३४, ४६, ३१, ३५, २७, ४१, २७, ३४, ४४, ३६ वर्षीय पुरुष र २६ वर्षीया महिला रहेकी छन् ।

प्रहरीमा रुघा, खोकी, ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा यसअघि ३ जनामा कोरोना पुष्टि भएपछि प्रहरी कार्यालय सिल गरेर अन्य प्रहरीको पनि परीक्षण गरिएको थियो । कार्यालयका ९८ प्रहरीसहित ४ जना थुनुवाको नमुना स्वाब संकलन गरी पठाइएकोमा १८ जनामा संक्रमण देखिएको हो ।  अन्यको रिपोर्ट आउन बाँकी छ  । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।