२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

सम्राट हस्तकला उत्पादन केन्द्रकी सञ्चालक हुन् सुजन थैब । उनले ११ वर्षदेखि सो हस्तकला उत्पादन केन्द्र,बुटवलमा सञ्चालन गर्दै आएकी छन् । औचारिक रुपमा भने उनको केन्द्र, घरेलु कार्यालयमा दर्ता भई सञ्चालन भएको दुईवर्ष पुग्यो । सुजनले चुरा, कुसन र डल बनाउन सिकेको पनि १२ वर्ष भयो । २०६६ सालदेखि उनले ड्राफ्ट लिएर विभिन्न किसिमका डलहरु बनाउन थालेकी हुन् । आफ्ले उत्पादन गरेका चुरा,कुसन र डलहरु आफ्नै पसलमा बेच्न राख्छिन् ।

Advertisement

पोखरादेखि सुर्खेतसम्म र भैरहवादेखि नारायणघाटसम्म होलसेलमा आफ्ना उत्पादन बिक्री गर्दै आएकी सुजनले औषतमा दुईलाख बढीका सामानहरु महिनामा बेच्दै आएकी छन् । उनको खास क्षमता कुसन र डल बनाउनेमा नै छ । दैनिक रुपमा उनले चुरा, कुसन र कुकुर, पुतली, बाँदर, हात्तीका डल आइटम बनाउँदै आएकी छन् । अहिले उनको हस्तकला उत्पादन केन्द्रमा ६/७ जना दिदीबहिनीहरुले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा रोजगार पाएका छन् । रोजगारमा संलग्न दिदीबहिनीहरुलाई आवश्यक कच्चा पदार्थ दिएर विभिन्न प्रकारका डलहरु उत्पादन गर्न लगाएकी छन् । ती दिदीबहिनीहरुले घरधन्दा भ्याएर पनि महिनामा ८/१० हजार रुपैयाँ सजिलै कमाउने सुजनले बताइन्।

सुजनले एउटा ठूलो मङ्की टेडी(डल) बनाउन आधीघण्टामा सजिलै सक्छिन् । त्यो उनको अभ्यास र क्षमताको परिणाम हो । त्यो टेडी बनाउका लागि बटनको आँखा, नाक चाहिन्छ । त्यतिमात्र होइन सियो, कैची, धागो, फाइबर, कपडाको आवश्यकता समेत पर्छ । एउटा ठूलो टेडी बनाउनका लागि करिव एक हजार आठ सय रुपैयाँ बराबरको कच्चा सामग्री चाहिन्छ ।

सो टेडीलाई होलसेलमा बेच्दा दुईहजार आठ सय र बजारमा खुद्रा मूल्य चार हजार रुपैयाँसम्म पर्दोरहेछ । उनले चुरा,कुसन र डलका तालिम दिएर वर्षमा एकलाख बढी आम्दानी गर्छिन भने आफ्नै उद्यमबाट सबै खर्च कटाएर वार्षिक रुपमा तीन/चार लाख वचत गर्दै आएकी छन् । २५ हजारबाट आफ्नो लघु–उद्यम सुरुआत् गरेकी सुजनको अहिले करिव २० लाखको पुँजी पुगेको छ ।

उनले पछिल्लो पटक आफ्नो हस्तकला उत्पादन केन्द्रको नाममा कृषि विकास बैंक,बुटवलबाट महिला उद्यमशीलता कर्जा लिएकी छन् । उद्यम गर्न चाहनेहरुका निम्ति यो सस्तो कर्जाले उद्यमशीलतातर्फ थप उर्जाशील बनाएको सुजनले बताइन् । सुजनले २०५६ सालमा कालिका मानवज्ञान माविबाट प्रवेशिका परीक्षामा उत्तीर्ण गरेकी थिइन् । प्रमाण पत्र तहसम्म पढेर छाडिन् । २४ वर्षको उमेरमा २०६३ सालमा सुजनले अन्तरजातिय विहे गरेकी थिइन् । उनलाई श्रीमानको साथ र सहयोग थियो । सहयोगी भूमिका निर्वाह गर्ने श्रीमानको देहान्त भएको यही असारमा एकवर्ष पुग्यो । सुजनका साथमा १२ वर्षको एउटो छोरो छ ।

कक्षा सातमा पढ्दै गरेको छोरो र सम्राट हस्तकला उत्पादन केन्द्र अचेल उनका निम्ति जीवन गुजार्ने गतिलो सहारा बनेका छन् । मेला, महोत्सवहरुमा चुरा, कुसन र डलहरु बिक्री वितरण अत्यधिक हुने गरेको अनुभव सुनाउने सुजनले डल र कुसनको बजार बाह्रैमासे हुने गरेको समेत बताइन् ।

पहिला उनका उत्पादन केन्द्रमा उत्पादन भएका सामग्रीहरु देशका धेरै स्थानहरुमा पुग्थे । सो कुसन,डल सम्बन्धी तालिम लिएर आफैले सामग्रीहरु उत्पादन गर्ने,बेच्ने र पसल खोल्नेहरुको संख्या बढ्न थालेपछि अहिले आफ्नो उद्यममा नयाँ चुनौती थपिन थालेको सुजनले बताइन् ।

सुजनलाई बुहार्तन ब्यहोर्न परेन । उनलाई आफ्नो हस्तकला उत्पादन केन्द्र नै सर्वस्व भयो । पूरै समय र शक्ति त्यसैमा लगाइन र सफल समेत भएकी छन् । सुजनको माइती राजनीतिक रुपमा सचेत परिवार थियो । अम्बिका र सुकन्या थैबकी माईली छोरी सुजनलाई आफ्नो बाबा भूमिगत हुँदा प्रहरीले खोज्दै आएको खुब सम्झना आउँदो रहेछ । आफूलाई राजनीतिप्रति खासै चेष्टा नभएपनि बाबाआमाको राजनीतिप्रतिको सद्भाव र समपर्णमा सम्मान रहेको सुजनले सुनाइन् । नृत्यमा रुची राख्ने सुजनको गायन कला सारै प्रशंसनीय छ ।

भविष्यमा आफ्नो ज्ञान, कला, सीप र क्षमतालाई उच्च रुपमा प्रयोग गर्दै थप नयाँ उद्यमतिर पनि अघि बढ्ने योजना बुनेकी सुजनले दिदीबहिनीहरुलाई आफ्नो खुट्टामा आफै उभिन सक्ने, श्रम र सीपलाई सम्मान गर्ने अनि रोजगारयुक्त समाज बनाउन सहयोग गर्ने संकल्प गरेकी छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ