ताजा अपडेट »

नक्कली ब्लुबुक बनाउने ५ जना पक्राउ

आइतबार, ०४ साउन २०७७, १६ : ४३
12 Shares

दाङ । दाङमा सवारीको नक्कली ब्लुबुक बनाउने ५ जना पक्राउ परेका छन् । नक्कली ब्लुबुक बनाएको आरोपमा प्रहरीले यातायात ब्यबस्था कार्यालयका सहयोगि तुलसीपुर उपमहनगरपालिका वडा नम्बर ४ का ४८ बर्षिय कृष्णप्रसाद खनाल सहित तुलसीपुर-६ का २१ वर्षिय अब्दुल हफिस सिद्धिकी, वडा नम्बर ५ का चक्रबहादुर ओली, वडा नम्बर ६ का ३७ बर्षिय जिवन पाख्रेल र ३२ बर्षिय बिष्णु घिमिरेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले लु ४६ प ३५४१ नम्बरको सवारी दर्ता किताब, प्रदेश ५ को भौतिक पूर्वाधार व्यबस्था कार्यालय दाङ लेखेको छाप १ थान, शाखा अधिकृतको छाप १ थान, बिभिन्न ब्यक्तिहरुको नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमतीपत्र, पुराना ब्लुबुक, निरोगिताको दस्तखत र छाप हानेको कागजहरु बरामद गरेको छ । पक्राउ परेका ५ जनालाई सरकारी छाप दस्तखत किर्ते मुद्दा दर्ता गरि थप अनुसधान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।