१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

काठमाण्डौं । ‘रक्षक नै भक्षक’ भन्ने उखान नै छ । कहिलेकाहीँ आफन्त नै काल बनेर उभिन्छन् । संरक्षण दिनुपर्ने मान्छे बलात्कार, हत्या, हिंसामा उद्दत हुन्छन् । मुलुकमा पटकपटक यस्ता घटना दोहोरिँदै पनि आएको छ । यस्तै खालको एउटा घटना १३ वर्षअघि काठमाडौँमा भएको थियो । ‘बाह्र वर्षपछि खोलो पनि फर्किन्छ’ भने झैँ अन्ततः उनी प्रहरीको नजरमा लुक्न सकेनन् ।

Advertisement

यसरी भाञ्जाको हत्या आरोपित एक भारतीयलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले शनिबार पक्राउ गरेको छ । अभियुक्त भारत बिहार, सीतामढी जिल्ला मुजफ्फरपुर घर भई तत्कालीन काठमाडौँ महानगरपालिका-२२ खिचापोखरी बस्ने ४५ वर्षीय राजेशकुमार गुप्ता हुन् । नेपालीलाई मतियार बनाएर अपरहण गरी उनले आफ्नै भाञ्जाको हत्या गरेको अभियोग लगाइएको छ । फिरौती लिएर पनि उनले भाञ्जालाई सकुशल छाडेनन् । बेलाबेलामा नेपाल आए पनि भारतमा लुक्दै आएका उनलाई तेह्र वर्षपछि प्रहरीले समातेको हो ।

त्यतिखेर ११ वर्षीय रोहित गुप्ता राय स्कूल जोरपाटीमा कक्षा ७ मा अध्ययनरत थिए । सहयोगीको साथ लिएर राजेशले विसं २०६४ असोज २४ गते राति रोहितको अपहरणपछि हत्या गरेको आरोप लगाइएको छ । आफ्नै ज्वाइँलाई झुक्यानमा पारी फिरौती रकम लिएर पनि उनले हत्या गरेको आरोप महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले लगाउनुभयो । राजेशले रोहितका बाबु वासुदेवसँग छोरा अपहरणमा परेकाले रु दुई लाख पचास हजार फिरौती मागेका थिए । कुरा गर्दा रु दुई लाख दिने सहमति भयो । उक्त सूचना प्रहरीमा आएपछि खोजतलासका क्रममा असोज २७ गते राति काठमाडौँ महानगरपालिका-३२ कमलादीस्थित गणेश मन्दिर नजीक सडक पेटीमा प्लाष्टिकका बोरामा एउटा पोको फेला पर्यो।

पोको खोल्दा भेटिएको शव रोहितको थियो । अनुसन्धानको सिलसिलामा ती अपहरणकाकी अरु कोही नभएर आफ्नै मामा राजेशकुमार रहेको खुलेपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो । उनले आफ्ना पुराना सहयोगी (कामदार) धादिङका विष्णु सुनारसमेतको संलग्नतामा जादु सिकाउने बहानामा बालकलाई अपहरण गरेका थिए । बालकको हत्यापछि बोरामा हालेर खुद्रा सामान भएको भनी भरिया प्रयोग गरेर कमलादीमा लगी फ्याँकेको प्रहरीले जनाएको छ । योजनामुताविक सुनारले वासुदेवलाई फोन गरेर फिरौती रकम बालकका मामा राजेशलाई पठाउन भने । सोहीअनुसार फिरौती बुझ्न ज्वाइँकहाँ मामा पुगेका थिए ।

घटनापछि राजेशले फिरौतीबापतको रु दुई लाख बुझे । उनले वासुदेवलाई ट्याक्सीमा आएका अपरिचित व्यक्तिले थानकोटको त्रिभुवन पार्कबाट लुटेको बहाना बुने । बालकका बुवा वासुदेवलाई समेत झुक्यानमा पारी राजेशले केही दिन अनुसन्धानमा सहयोग गरे जस्तो पनि गरे । पटकपटक प्रहरी कार्यालयमा पुगेर खोजतलामा सरिक भए । त्यसपछि छठको बहानामा घर जाने भनी उनी फरार भएका थिए । घटनामा संलग्न सुनार सोही साल मङ्सिर ८ गते नै पक्राउ परेपछि घटनाको रहस्य खुलेको हो । उनकै बयानका आधारमा प्रहरी राजेशसम्म पुगेको थियो । सुनार हाल कारागारमा छन् । फरार हुँदै आएका राजेश भने भारत पुगेको सूचना प्रहरीमा थियो । सुपुर्दगी ऐनअनुसार उनलाई ल्याउने प्रयास सफल हुन सकेन ।

उनी नेपाल आउजाउ गरेको सूचना प्राप्त भएपछि केहीअघि विराटनगरमा पक्राउ गर्न लाग्दा उम्किएका थिए । यसपटक उनी सर्लाहीमा रहेको महानगरीय अपराध महाशाखामा सूचना आयो । तत्कालै टोली पठाएर शनिबार सर्लाहीको मलङ्गवाबाट महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । वासुदेवको काठमाडौँमा कपडाको पसल छ । पहिले राजेश पनि कपडाको थोकव्यापार गर्थे । घाटा लागेपछि पेशा छाडेर धेरै कमाउने लोभमा अपराध कर्म गरेको खुल्न आएका प्रवउ थापाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे ‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड