२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

पहिलो स्मार्ट राउटर सार्वजनिक गरेसंगै देशमा फोर्टफोलियो विस्तार

Advertisement

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा मी राउटर ४सी सार्वजनिक गरेको छ । मी राउटर ४सी का साथ, शाओमीले आज देशको अन्य श्रेणीमा प्रवेश गरेको छ । यो नेपालमा पहिलो स्मार्ट राउटर हो जुन उपयोग, गति र दायराको सजिलोका लागि अनुकूल छ र स्मार्टफोनमा भएको स्मार्ट मी वाई—फाई एपबाट पहुँच गर्न सकिन्छ ।

प्रत्येक घरको सेटिंगमा मिल्ने आधुनिक डिजाइनको विशेषता भएको मी राउटर ४सी तपाईंको लागि उचित होम नेटवर्क कनेक्सन हो । यो विशाल घरको सबैतिर मजबुत र स्थिर सिग्नल प्रवाह गर्न ४उच्च—लाभ बाह्य एन्टेनाले सुसज्जित छ । यसको साथै, ८०२.११एन वाई—फाई टेक्नोलोजीद्वारा सक्षम मी राउटर ४सी अधिकतम ३०० एमबीपीएसको नेटवर्क गतिसम्म पुग्न सक्दछ ।

यसमा भएको डुअल कोर सीपीयू र ६४एमबी ठुलो ¥यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन सुनिश्चित गर्दछ । मी वाई—फाई एपमार्फत, प्रयोगकर्ताले सजिलै यो उपकरण सेटअप गर्न सक्दछन् र प्यारेन्टल कन्ट्रोल र गेस्ट नेटवर्क सेटिंग जस्ता स्मार्ट फंग्क्शन एरेमा पहुँच गर्न सक्दछन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “हामी नेपालमा गैर—स्मार्टफोन उत्पादनहरु भित्र्याउन र यसै प्रकृयामा सबैलाई नवीनतम प्रविधि ल्याउँन प्रतिबद्ध छौं । देशमा द्रुर्त वृद्धि भइरहेको इन्टरनेट जनसंख्याका साथ हामीले वर्तमान राउटर बजारमा केहि कमी देख्यौं ।

आकर्षक विशेषता र गेम परिवर्तन गर्ने मुल्यका साथ मी राउटर ४सी ले नेपालको राउटर बजारमा परिवर्तन ल्याउने छ ।” मी राउटर ४सी रु २३९९ मुल्यमा आजदेखि सबै मी प्रिफर्ड् पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर सस्तोडिलमा खरिदका लागि उपलब्ध हुनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?